खेत जोत्ने भनेको होइन र ? खेत घुमाउन लइजा त , हजुरआमाले आफ्नै बुढ्यौली भाषामा भन्नुभयो।

हामी खेततिर हिँड्यौँ । नब्बे पुगेकी हजुरआमालाई खेतमा पुर्याउन कठिन होला भन्ने ठानेको थिएँ । त्यस्तो भएन । अचम्मैको फुर्ती र शक्ति थियो।

खेतमा जोताइ चलिरहेको थियो । हजुरआमा आलीमा बसेर जोतेको हेर्दै हुनुहुन्थ्यो ।

“हजुरआमा कस्तो मान्नुभयो खेत ?”

“खेत त धेरै राम्रो भएछ नि ।”

हजुरआमको अनुहारमा खुसी देखियो।

म जोतिरहेको ठाउँमा गएर हलोमा लागेको लुडो फाल्न सहयोग गर्दै थिएँ ।

हजुरआमाले चिच्याउनु भयो, “त्यो हलीलाई राम्रोसँग कुनाकानी जोत्न भन् त !”

जोतिरहेको मान्छे र म हाँस्यौँ।

हजुरआमा अझै हाँस्छौ भन्दै हामीतिर आउनु भयो ।

मैले भनेँ, “ट्याक्टरले जोत्नेलाई हली भन्दैनन् के ! गोरुले जोत्नेलाई हली भन्ने ।”

हजुरआमा झन् जोडसँग हाँस्नुभयो।