साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथाः मर्निङ वाक

विनोद नेपाल
सम्बन्धित पोस्टहरु

लघुकथा- कालो सूची

लघुकथा- अवसर

लघुकथा- असार पन्ध्र

स्वास्थ्यका कारण प्रातः भ्रमण गर्नैपर्ने बाध्यता छ ।
प्रातः भ्रमणमा जांदा देखिने दृष्यहरु प्रायः उस्तै नै हुन्छन् ।
आकलझुक्कल नयां देखिने बाहेक मानिसहरु पनि उनै हुन्छन् ।
सबै आआफ्नै धुनमा हुन्छन् ।
कोही यतिविधि सिंगारिएका हुन्छ्न्, लाग्छ ती कुनै उत्सव, समारोह वा कार्यक्रममा सहभागी हुन जांदैछन् ।
कोही हल्का दौडने, कोही बेस्सरी नै दौडने,कोही छिटोछिटो हिंड्ने र कोही सांच्चिकै टहल्न हिंडेजसरी शरीरलाई कुनै मर्का नपर्ने वा शरीरले चालै नपाउने गरी हिंड्ने । अझै कति त ठाउंठाउंमा गफगाफमा सहभागी हुंदै र चिया पिउंदै र आराम गर्दै हिंड्ने पनि देखिन्छन् ।
दौडने,छिटोछिटो हिंड्नेहरु फूर्तिला र छरिता देखिन्छन् ।
जो शरीरले चालै नपाउने गरी हिंडेका हुन्छन् तिनको शरीर नै भद्दा हुन्छ ।
यसरी पनि के हिंड्नु ? देखाउनका लागि हिंडेजस्तो । असाध्यै खुलदुली लागिरहेको थियो ।
एक विहान आंटेरै आरामसंग हिंड्ने मध्येका एकलाई भनें ‘विहान विहान सधै निस्कनुहुन्छ,टहल्नुहुन्छ, अब त चिसो पनि लागिसक्यो,ननिस्के पनि हुंदो हो नि’
‘के गर्नु ? सुगर छ, प्रेसर छ, डाक्टर कहां गईरहनुपर्छ | डाक्टरले मर्निङ वाक जाने गर्नुभा छ कि छैन ? भनेर सोध्छ | के जवाफ दिनु ? यो उमेरमा आएर झुट पनि के बोल्नु ? त्यसैले हिडेको नि बाबु ।’

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...