विनोद नेपाल

तिजको रमझम थियो । रङ्गीचङ्गी पहिरनमा सजिएका महिलाका कारण सहरै रङ्गीचङ्गी भएको थियो ।

झ्यालबाट यी दृश्य नियालिरहेको उसको ध्यान अलि परबाट आइरहेको चर्को आवाजले तान्यो ।

‘तिजको कार्यक्रम होला’ सोच्दै रमाइलो हेर्ने विचारले ऊ घरबाट बाहिर निस्क्यो र आवाज आएको स्थानतर्फ अघि बढ्यो ।

नजिकै पुगेपछि जब उसले गीतको लय र शब्दहरू सुन्यो ऊ छाँगोबाट खसेझैं भयो ।

उसले आफूलाई चिमोट्यो र सोध्यो –‘साँच्चिकै तिज नै हो त ?’

मनले भन्यो –‘हो त ,यो तिजकै याम त हो ’

त्यसपछि ऊ विगततर्फ फर्कियो । पुराना दिनका तिज सम्झियो । र,आफैंलाई भन्यो ‘हजुरआमा,आमाहरू तिजका गीतमा आफ्ना, गाउँ र समाजका वेदना पोख्नुहुन्थ्यो सायद वेदना सकिएर होला दिदीबहिनी रमाइलो गर्न थाल्नुभएछ ।’