साँझ परिसकेको थियो । बेस क्याम्पको एक होटलको भान्साभित्र साहुजी सकिनसकी आगो फुक्दै थिएँ । नजिकै एक हुल तन्नेरी पर्यटकहरु रक्सीको तापमा बात मारिरहेका थिए । कोही हाँसखेल गर्दै जिस्कँदै थिए त, कोही मोबाइलमा टिकटक बनाउँदै थिए। तिनैमध्ये एक युवक क्यामेरा लिएर भ्लग बनाउँदै भान्साभित्र पुग्यो र होटल साहुजीको नजिक गएर उनलाई सोध्यो, “..अनि दाइ, यस्तो ठाउँमा बस्न पाउनुभाको छ, हामीलाई त यो ठाउँ स्वर्गजस्तै लाग्यो, तपाईंलाई चैँ कस्तो लाग्छ हो ?”
साहुजीले एक फेर जोडले अगेनामा आगो फुके र युवकको क्यामेरातिर हेर्दै भने, “अरु बेला त ठीकठीकै लाग्छ भाइ, तर हिमपहिरो आउँदा चैँ साँच्चै स्वर्गै हो कि जस्तो लाग्छ !”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला