त्रिभुवन चन्द्र वाग्ले

घाटस्थित वैद्यखानाको परिसरमा केही सङ्ख्यामा अशक्त बिरामी सुतेका थिए । कोही बोल्दैनथे । कोही ऐया–आथ्यु, अँ–हँ गर्थे ।
बडावैद्यको आदेशअनुसार सुसारेले सबै बिरामीको अगाडि एकएक गरी फलफूल, खाना, पानी, दुध राखिदिँदै गए ।
उनीहरू कसैले पनि हात उठाउन सकेनन् । कसैले खाएनन् । वास्ता पनि गरेनन् ।
सुसारेले आश्चर्य व्यक्त गरे, ‘तीन-चार दिन भयो यिनीहरूले नखाएको !’
बडावैद्यले गम्भीर हुँदै भने– ‘हेर बाबु, हाम्रो लक्ष्य र उद्देश्य ‘कोही पनि भोकै नमरुन्’ भन्ने हो । यिनीहरू कसैले पनि खान चाहेनन् भने किन चकित हुन् ? स्पष्ट छ यिनीहरू अघाएका छन् । मरे पनि भोकै मरेका हुने छैनन् …!’