साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा : कुखुराको खोर

सिमेन्ट प्रयोग गर्ने बेलामा लम्बू ठेकदार र मिस्त्रीसँग दिनदिनै धेर सिमेन्ट खर्च भयो भनेर बाझ्थ्यो । फारु गरेर चलाउन निर्देश गर्थ्यो । आज घर चर्किँदा त्योबेलाको आफ्नो बेकुफी याद आयो ।

Chovar Blues Mobile Size

लम्बू बनियाँ यस टोलको एक नामुद चरित्र । हुन त ऊ लम्बु बानियाँ नै हो । तर, उसको लेनदेन, बोलीवचन र व्यवहारले मान्छेहरु उसलाई बानियाँ भन्दैनन्, लम्बू बनियाँ भन्छन् । लम्बू बनियाँले यस टोलमा विभिन्न वैध अवैध खेलोफड्को गरेर चारतले घर बनाएको छ ।

पुण्य कार्की

यो घर बनाउनु अघि र पछिको लम्बू बनियाँको स्वभाव तुलना गर्दा केही पार्थक्यका रेखाहरु छाम्न सकिन्छ । घर बनाएपछि उसमा नजानिँदो अहम् र दर्प जागेको छ । बस्तीका खर, पराल र थाकलका छानोवाला घरलाई ऊ ‘आगोको चारो भूइँघर’ उपमा दिन्छ । टिनवाला एकतले घरलाई पनि

हुरीको चारो ट्याप्रे घरको उपमा पहिर्याउँछ । उसको व्याख्यामा सिमेन्टको ढलानवाला घरमात्र घर हुन् अरे ।

खरको छानो, टाटीको भित्तोको घरलाई त ऊ अझ सुँगुर, कुखुराको खोर भनेर नाटीकुटी गर्छ ।

sagarmani mobile size

के भुइँघर, के टाँडेघर के तलेघर सबैलाई उत्तिकै कम्पित गराउँदै महाभूकम्प आयो । लम्बू बनियाँको घरको भित्तो नराम्ररी चर्कियो । सिमेन्ट प्रयोग गर्ने बेलामा लम्बू ठेकदार र मिस्त्रीसँग दिनदिनै धेर सिमेन्ट खर्च भयो भनेर बाझ्थ्यो । फारु गरेर चलाउन निर्देश गर्थ्यो । आज घर चर्किँदा त्योबेलाको आफ्नो बेकुफी याद आयो ।

++++

भूकम्प गएको रात आफ्नो घरमा असुरक्षित महसुस गर्नेहरू सबै जुनकृष्ण दाइको कुखुराको खोरमा शरणागत भए । कुखुरापालनको लागि दुई वर्षअघि निर्माण गरेको त्यो टहरो खाली खाली थियो । बिचरा दाइले पूँजीको अभावमा एकवर्षदेखि चल्ला हाल्न सकेका थिएनन् । सुरुको दुईलट घाटामा गएपछि उनले चल्ला हाल्न निच मारे ।

उनको घर पनि टायलको छानो र टाटीको वेरायुक्त घर थियो । मान्छे असाध्यै मनकारी छन् । संकटमा धन नभएर पनि मन फुकाएर सेवा सहयोग गर्छन् छिमेकीलाई । टोलका ढलान छानो भएका धेरै मान्छे एकएकवटा सिरानी र तन्ना बोकेर उनको कुखुराको खोरमा सुत्न आए । आखिर त्यही लटमा लम्बू बनियाँ पनि श्रीमती र छोरालाई अगाडि लगाएर कुखुराको खोरमा पस्यो । उसको गति देखेर आँगनमा थुप्रिएका भुइँघरका मान्छेहरु मुसुमुसु हाँसीमात्र रहे ।

प्रतिक्रिया
Loading...