

ममता मृदुल
यति धेरै माया नगर सम्बन्ध टुट्न सक्छ । बारम्बार राजाले भनेको सुनेकी छिन रानीले ।
छक्क पर्छु, माया गर्दा सम्बन्ध टुट्छ झन् ?, ऊ अचम्म मान्थिन् र भन्थिन् ।
एकदिन सम्बन्ध सकिएको घोषणा गर्यो राजाले ।
रानी मौन बसिन् ।
राजा अगाडि बढ्यो । सम्बन्धका खातमाथि खात थप्दै गयो । खुसी र आनन्दको खोजीमा निस्केको राजासँग सबै सम्बन्ध गास्थे ।
रानी एक्लै जीवनको रथ तान्न थालिन् ।
समय फेरि फर्कने छैन । दृष्टिकोण परिवर्तन हुने छैन । रानीले सोचिन् ।
अस्पतालको शय्यामा सुतेको राजाका औँला हातेफोनमा सल्बलायो – रानी म वीर अस्पतालको सर्जीकल वार्डको सत्र नम्बर ।
रानीले फोन काटिन् ।
गल्ती मेरै थियो । अति माया गर्ने रानीको प्रेम बुझ्न सकिनँ । – राजाको ऑखाबाट तप्प तप्प आँसु झरे ।
भित्तापट्टि फर्किए राजा, मनमा कुरा खेलाउँदै सुते ।
बिहानै ब्युझिएँ ।
एक पाटो सुतेको शरीर थाकेछ, फर्किए ।
गोडामुनि सिरान पारेर स्टुलमा मस्त रानी निदाइरहेकी थिइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

