साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा : अभाव

ज्वरो आएकै दिन सन्दुक खोतलिन् । चान्केचुन्के गरेर ५० रुपैयाँ बटुलिन् । हतास भइन् । ज्वरो छोरालाई हैन; उनलाई आएको छ ।

Chovar Blues Mobile Size

छोरो ज्वरोले हनहनिएको आज दुई दिन पुग्यो । पानीपट्टी गरेर कतिञ्जेल धानिएला । हरेक पटक पानी पट्टी गरिरहँदा शीलाको हात छोरोको निधारमा पुग्थ्यो । हातमा एकप्रकारको तापमान महसुस गर्थिन् ।

भोजराज श्रेष्ठ

ज्वरो आएकै दिन सन्दुक खोतलिन् । चान्केचुन्के गरेर ५० रुपैयाँ बटुलिन् । हतास भइन् । ज्वरो छोरालाई हैन; उनलाई आएको छ । दैनिक रोजीरोटी गरेर घर खर्च चलाउने शीलाका लागि सजिलो थिएन ।

उनका लागि सरसापट सजिलो थिएन । कसले पत्याउने ? तर पनि मन थामिएन । छिमेकी दिदीलाई ५ सय रुपैयाँ सापट गरेर पनि मेडिकल लाने निधोमा पुगिन् । मेडिकल पुगिन् । मेडिकल बन्द थियो । बन्द मेडिकलको सटर पेटीमा छोरालाई राखेर घरि छोराको निधार छाम्न पुग्थिन्, घरि मेडिकलको ताल्चामा आँखा पुग्थ्यो । सदा ८ बजे खुल्ने मेडिकल आज किन ढिला भयो । यस्ता अनेकन तर्कना मनमा खेलिरहे ।

ज्वरो बढ्ने क्रम थामिएको छैन । हेर्दाहेर्दै छोरा आलसतालस भएको बुझ्न उनलाई समय लागेन । मनमा बेचैनी बढ्यो । नजर एकोहोरो मेडिकलको सटरमा थिए भने हात चाहिँ छोराको निधारमा । तर, उनले अहिले भने निधारमा तातोपन पाइनन् । एक्कासी डाको छुट्यो । बाटामा हिँड्नेहरु तथा मेडिकल आसपासका घरको बार्दलीबाट उनैलाई एकोहोरो हेरिरहे ।

प्रतिक्रिया
Loading...