साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथाः आम्दानीको बोट

“...अब त यो भदौले छ पुग्छन् । आफूले पढ्न नपाए नि यिनलाई स्कूल भर्ना गर्नु पर्छ । बरु कसरी पढाउने भिउसिनका बा ?” च्याँख्ला पस्कँदै दिलकुमारी बोलिन् ।

Chovar Blues Mobile Size
लोकनाथ पुडासैनी

मानध्वजले दिलकुमारीलाई भित्र्याएको भोलिपल्टै आँगनको डिलमा नरिवलका दुइटा बिरुवा सारे । दुवैले मेलापात, निमेक गर्दै जिन्दगीको रथ हाँके । चार वर्षपछि बर्षेनीका छोराछोरी जन्मिए । अभाव थियो र पनि सन्तानको आगमनले उनका झुपडीमा खुसीयाली छायो । भोक, प्यास, घामपानी सहँदै नरिवल र उनीहरू एउटै आँगनमा हुर्के, बढे ।

“…अब त यो भदौले छ पुग्छन् । आफूले पढ्न नपाए नि यिनलाई स्कूल भर्ना गर्नु पर्छ । बरु कसरी पढाउने भिउसिनका बा ?” च्याँख्ला पस्कँदै दिलकुमारी बोलिन् ।

“म नि सोच्दै छु । एउटा उपाए कस्सो नलाग्ला र !”

“सधैँ निमेकको भर ! यसरी कतिदिन चल्छ बुढा ? पढाइ लेखाइ, पेट–पूजा केले गर्ने ? आम्दानीको बुटो क्यै छैन । बरु साउदी, कतार जता हुन्छ, रिन खोजेरै भए नि जाऊ भो ! ह्याँ म धानम्ला ।”

“मायाँ नभा’की ! को जान्छ अर्का मुलुक ? परचक्रीको चाकरी गर्नुभन्दा त यही माटो कोपर्छु नि बरु ! त्यै पनि किन पिर गर्छेस् ? देख्दिनस् त्याँ ? धन्न बेलैमा रोपिएछ । अब त्यसैले पाल्छ ।”

sagarmani mobile size

चार थुन्चेबढी झुप्पा फलेका नरिवलको बोटतिर इसारा गर्दै दृढताका साथ मानध्वज बोल्यो ।

प्रतिक्रिया
Loading...