एउटा सानो कोठा । भित्र बाबु र छोरा छन् / बाबु टि.भी. हेरिरहेका र छोरा चाहिँ गृहकार्य गरिरहेका ।
बाहिर आमा भाँडा माझिरहेकी छन् ।
सन्ध्या समय ।
अचानक बत्ती निभ्यो । टि.भी. बन्द । गृहकार्य पनि स्थगित ।
तत्क्षण बाबुले छोरालाई सम्झाउँदै भने, ‘हेर राजा, तिमी ज्ञानी बन्नुपर्छ ।’ छोरा मौन । बाबु पुनः वाचाल भए, ‘कुकुरजस्तो इमानदार, कमिलाजस्तो मेहनती र चितुवाजस्तो छरितो हुनुपर्छ । अनि मात्र, तिमी सफल हुन्छौ ।’
‘त्यसो भए…..बाबा, मानिसजस्तो मानिस हुनुपर्दैन त ? ‘ – छोराको प्रश्नले बाबु अवाक् भए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला