

वसन्त अनुभव
“तँलाई त ! आफ्नो सन्तान भन्न पनि लाज लागेर आउँछ ।” एकाएक आमा आगो बनिन् ।
“किन आमा ! मैले त्यस्तो के गरेँ र ?” आयले नम्रपूर्वक सोध्यो ।
“अझ, मैले के गरेँ पो भन्दोर’छ, ए ! त्यही केही नगरेर त बर्बाद भो ! जेठो बाँठो भन्नु पनि बेकार रहेछ ।” आमाको मुखबाट अझै ज्वाला निस्किरहेका थिए ।
“आमा !! के सेल रोटी घुमाएझैँ कुरा घुमाउनु भएको ? सिधा भन्नु न ! मबाट के भूल भो ?” अलि झर्किँदै आयले भन्यो ।
“जाँ पहिला, खुरुक्क गएर, आफ्नो अनुहार ऎनामा हेर । आफूले आफैँलाई देखेर डराउने छस् । छि: छि: हेर त ! हेर्दै डरलाग्दो, घिनलाग्दो, कुरुप भैसकिस् । आफ्नो स्वास्थ्यको पनि ख्याल गर ।” आमाको आक्रोश अझै शान्त भएको थिएन ।
एकछिनपछि शान्त हुँदै अगाडि भनिन्- “त्यो महङ्गीलाई हेर त ! तेरैँ भाइ हो । तर कति हृष्टपुष्ट छ । अहिलेसम्म बिरामी त के, शरीरमा खरोंचसम्म लागेको हैन । मोटाएर हात्ती भैसक्यो । अहिलेसम्म दुब्लाएको भन्ने रेकर्ड छैन । दिन दुईगुणा, रात चौगुणा बढ्दै गएको छ ।”
“मेरो सामु त्यो लाछी, महङ्गीको कुरा नगर्नुस् आमा ! त्यो मेरो भाइ भएर पनि, दाजुको मान मनितो कहिल्यै राखेन । सधैँ मनोमानी गर्दै हिँड्यो, हिँडिरहेको छ । त्यसकै मनोमानीले गर्दा नै, मेरो यस्तो हाल भएको हो ।” निन्याउरो अनुहार बनाउँदै आयले भन्यो ।
आयको कुराले आमाको मन द्रवित भयो । उनले आयलाई सुम्सुम्याउँदै भनिन्- “सुर्ता नगर छोरा ! म महङ्गीलाई एकपटक सम्झाउँछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

