बैकुण्ठप्रसाद बार्दलीमा बसेर डायरी हेर्दै थिए । तल बाटोमा जय नारायण बाजे आएका रहेछ्न् । तलैबाट जय नारायण बाजेले बोलाए, “बैकुण्ठ बाबु के गर्दै हो एक्लैमाथि बसेर ?”
“ओ हो बाजेमाथि नै आउनु न ।”, भन्दै बैकुण्ठले बोलाए ।
“जे भए पनि बाहिर निस्कनु पर्छ बाबु ! गाउँमा हारेर निस्कन छोड्यो भन्छ्न् ।”, भन्दै बाजे भर्याङ्ग उक्ले । पोहोर साल एक हजार चन्द्र दर्शनको पूजा गरेको भए पनि कुनै बेला प्रधान भएका जयनारायण बाजे टाठै थिए ।
“हारेको त हैन तर हराइयो भनौँ न अब ।”, अन्य चुनाव हारेका मान्छेको जस्तै संवाद आयो बैकुण्ठको मुखबाट ।
“के हो यस्तो डायरी, कागजपत्र र क्याल्कुलेटर पनि छ त ?”, बाजेले बस्ने कुसन तान्दै सोधे ।
“ऋण खोजेर चुनावमा होमियो, के गर्नु बाजे ? हिसाब गर्न लागेको ।”, भन्दै बैकुण्ठ तल हेर्दै फेरि कराए, “भित्र को छ हँ ? बाजे आउनुभएको छ, चिया बनाउ त !”
“यस्तै हो बाबु चुनाव भनेको, अझ हाम्रो पालामा त ‘गाउँफर्के’ले धुरुक्क रुवाउँथे । जति दिए पनि नपुग्ने ।”, जयनारायण बाजेले आफ्ना विगत कोट्याए ।
“अहिले पनि त्यस्तै त हो नि ! यहाँबाट पाँच जनाको नाम सिफारिस गरेर माथि पठायो । माथिबाट टिकट ल्याउन नै सकस हुने । अजिङ्गरको भुँडी जति खाए पनि अघाउँदैनन् । बरू हजुरको पालामा ‘गाउँफर्के’को टिको लगाउन पाए सिधै प्रधान भइन्थ्यो । अहिले त कति दु:ख र खर्च गरेर टिकट ल्यायो यता यसरी हराइदिन्छन् ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।