छविलाल खड्का

 

सहरको नाम चलेको फर्निचर सोरुम । सेठजी फोनमा डिलिङ्ग गर्दै थिए । घ्याच्च सरकारी नम्बर प्लेटधारी गाडी रोकियो । सुकिला मुकिला मान्छे प्रवेश गरे ।

औपचारिकताको आदान प्रदान भयो ।

‘सर हजुर ! के सेवा गरौँ ?’ सेठजीले कुरा चपाउँदै बोले ।

‘एउटा भि भि आई पि कुर्सी चाहियो ।’ आगन्तुकले सान झार्दै भने ।

दुवैका वार्तालाप सुनिरहेका कुर्सीहरु एक आपसमा काने खुसी गर्दै थिए- ‘आज कसको भाग्य चम्किन्छ खै ? ‘

कुराकानी भयो । मोलमोलाइ भयो । नाफा घाटाको हिसाब किताब भयो । अन्तत: कुरा मिल्यो ।
कुर्सी लिन दुवै अघि बढे ।

अरु कुर्सीहरु क-याक्क कुरुक्क गर्दै हाँस्न थाले । बिचरा ! भि भि आई पी वाला कुर्सी अँध्यारो चन्द्र लाएर घोसे मुन्टो लायो । बधशालामा पुर्याइएको निरीह पशुले झैँ मालिकतिर हेरेर तुरुक्क आँसु तुर्कायो ।

यो अनौठो घटना देखेर मालिक विस्फारित नेत्रले हेर्दै सोध्यो- ‘हैन ! के भयो ?’

अनुनय विनयको भावमा कुर्सीले भन्यो – ‘मलाई मन्त्रीकोमा नपठाउनु न मालिक !’

‘ किन ?’

‘मन्त्रीको दोष जति मैलेले भोग्नु पर्छ क्या ।