यकिना अगाध

 

बिरामी भएर ऊ हस्पिटल भर्ना भयो । जाँचपछि डाक्टरले ऊ क्यान्सर पीडित भएको पत्ता लगायो । उसको अप्रेशन गर्नुपर्ने भयो ।

अप्रेशन प्रमुख डाक्टरले बिरामीसँग सोध्यो, ‘के तिमी रक्सी पिउँछौ ?’

बिरामीले भन्यो, ‘कहिल्यै पिएको छैन ।’

फेरि डाक्टरले सोध्यो, ‘चुरोट पिउने गरेका छौ ?’

‘हो’, उसले स्वीकार्यो ।

उसको स्वीकारोक्ती सुनेर डाक्टरले बेस्सरी हकार्यो र आइन्दा चुरोट नपिउन चेतावानी दियो ।

‘हस् हजुर ! गल्ती भयो । अब यस्तो गर्दिनँ’, बिरामीले आफूले ठूलो भूल गरेको महसुस गर्यो र अब चुरोट पिउने गल्ती नगर्ने प्रतिज्ञा गर्यो ।

अप्रेशन सकेर त्यो डाक्टर सरासर कफी सप पस्यो र अर्डर गर्यो, ‘साहुजी एक कप चिया र एक खिल्ली चुरोट दिनुस् त… ।’