साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा : बिर्खे

गणेश तामाङ

“यो बर्खा पनि खोप्रो छाउन नसकिने भयो बा !” बिर्खे आकाशतिर हेर्दै टोलायो ।

“काम गरेको पैसाले छाक टार्न त धौ धौ छ । सामान पनि कति महङ्गो हो, छोइ साध्य छैन । दिनभर ज्यान थिलोथिलो हुने गरी काम गर्यो, पैसा आउन नपाउँदै सकिन्छ । एउटा बाटो आउँछ सय बाटोबाट जान्छ ।”

bahulako diary small and inside post

लामो सुस्केरा हाल्दै भन्छन्, “यसपटक पनि कालो प्लाष्टिक किनेर छोप्नु पर्ला नि । के गर्ने त पानी चुहिए प्लाष्टिकले धुरी छोप्ने, बुढीको गाली चुहिए कान छोप्ने ।”

धेरै वर्षपछि आज एकहुल मान्छे बिर्खेको वनमाराले बारेको ढल्न लागेको खोप्रोतिर झण्डा बोकेर जाँदैछन् । सबै मानिसहरूले बिर्खेलाई नमस्कार गरे मानौँ, बिर्खे त्यो टोलको ठूलै मानिस हो ।

सम्बन्धित पोस्टहरु

लघुकथा: अभाव

बिर्खे त्यो नमस्कारले आश्चर्यमा परेन किनकि बेलाबखत कसैलाईे भोट चहियो भने आएर नमस्कार गर्छन् । फरक यति नै छ कि बिर्खेलाई नमस्कार गर्न आउनेलाई ऊ भोट दिन्छ तर उसलाई गाह्रो परेर तिनै नेताको दैलोमा नमस्कार गर्न जादा आश्वासन मात्र दिन्छन् ।

त्यो हुलका एक भलादमीले उसलाई सुख र समृद्धिका धेरै कुरा बतायो । ठूला सपना पनि देखायो, कति कुरा बिर्खेले बुझ्न सकेन, कति बुझ्न पनि चाहेन । मानिसका हुल त्यहाँबाट अन्ततिर लाग्यो ।

बिर्खेले मनमनै सोच्यो, “वाह ! स्वर्थी दुनियाँ मेरो आँगन कहिल्यै नटेक्ने र मलाई तिरस्कार गर्नेले पनि आज नमस्कार गर्दै छन् ।”

लेखक परिचय
गत
गणेश तामाङ
प्रतिक्रिया
Loading...