बस बिसौनीमा केही युवतीहरू बस कुरिरहेका थिए ।
पहिलो युवतीले दोस्रो युवतीतिर केहीबेर नजर डुलाई र सोची, “छिः म कस्ती होची ! यो केटीजस्तै अग्ली हुन पाए !”
दोस्री युवतीले तेस्रीतिर हेर्दै सोची, “म किन यस्ती काली, यो केटीजस्तै गोरी भए !”
त्यस्तै तेस्रीले चौथीतिर हेर्दै सोची, “म किन गरिब, योजस्तै धनी देखिन पाए !”
यत्तिकैमा बस आएर अलिक अगाडि रोकियो । यात्रुले खचाखच भरिएको बसभित्र चारैजना युवतीहरू ठेलमठेल गर्दै छिरे । बस गुड्दै गर्दा अघिदेखि सँगै बस कुरिरहेकी पाँचौ युवतीले दुई हातले बेस्सरी वैशाखी अँठ्याउँदै सोची, “म पनि यिनीहरूजस्तै सपाङ्ग भैदिएको भए !”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला