“जन्मदिनको शुभकामना प्रिय।भगवान्ले सधैँ तिम्रो भलो गरुन्।सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु।” बिहानी नित्य कर्म सकेर सुवोधले, भान्छा तयार गर्दै गरेकी पत्नीलाई भान्छामै पुगेर आशीर्वाद र शुभकामना व्यक्त गर्यो ।
श्रद्धासाथ पतिलाई ढोग्दै आभार प्रकट गरिन् सुनिताले अनि उत्साहित हुँदै सोधिन् – “फेसबुकमा पनि राख्नु भयो नि वर्थ डे शुभकामना ?”
“ह्या ! मलाई त्यस्तो मन पर्दैन।बुढाबुढी यहीँ सँगै छौँ ।प्रत्यक्ष शुभकामना र आशीर्वाद दिएपछि फेसबुकमा के को नखरा गर्नु ? कसको लागि गर्नु ?” – अनिच्छा प्रकट गर्दै भन्यो उसले।
“यो बुढाको यही बानी त मन पर्दैन मलाई।अरूले गरेको देखेर पनि कति नसिकेको हो ? न कहिले टिकटक बनाऊँ भन्दा मान्ने, न सेल्फी खिचौँ भन्दा मान्ने ? हुँदा हुँदा फेसबुकमा वर्थ डे विस पनि नगर्ने, कस्तो खाले स्वभाव हो यो बुढाको ? मनैदेखि माया लाग्ने भए पो जाँगर पनि लाग्थ्यो।ढुङ्गाको मन भएपछि कसको के लाग्छ ?” – उनले तितो पोखिन्।
“लौ लौ फेसबुकमा राखेर माया हुने हो भने राखिदिन्छु नि त, फेसबुकको वालभरि क्विन्टलका क्विन्टल माया ।” – भन्दै बैठक कक्षतिर लाग्यो ऊ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।