साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा : सम्बन्ध

जवान ठिटो महत्वाकांक्षी थियो । कालान्तरमा आफ्नै व्यवसाय सुरु गर्यो । व्यवसाय सुरु गर्नेबेलामा समेत जवान ठिटोले उसैसँग केही पैसा सापटी लियो । पन्ध्र वर्षको अन्तरालमा नै त्यो जवान ठिटो देशको ठूलो उद्योगति भयो ।

Chovar Blues Mobile Size

उसले बिहानै आफ्नो एक हितैषीलाई फोन गर्यो । उठेन ।

आज मात्र नउठेको होइन, केही दिन अगाडिदेखि नै उसको फोन उसको हितैषीले उठाएको थिएन ।

‘म्यासेज’ गर्यो । ‘म्यासेज’को पनि रिप्लाई आएन ।

डा. टीकारामा पोखरेल

कतै हितैषी बिरामी त परेन भन्ने ठानेर ऊ हितैषीको घरमै गयो । घरको गेटमा गएर ढोका ढकढक गर्यो । हितैषीकी श्रीमतीले ढोका खोलिन् । र भनिन्- ‘ए ! तपाईँ उहाँलाई भेट्न आउनु भएको होला । उहाँ त अहिले घरमा हुुनुहुन्न । फोन गरेर मात्र आउनुस् न है ।’ एकै गाँसमा उसलाई सिध्याउ झैँ गरी हितैषीकी श्रीमतीको पछाडिबाट एउटा जखमले कुकुर ऊतिर फर्केर जोडजोडले भुकिरहेको थियो । उसले अरु थप कुरा सोध्न नपाउँदै हितैषीकी श्रीमतीले ढोका बन्द गरिसकेकी थिइन् ।

sagarmani mobile size

ऊ बन्द ढोका हेर्दै फक्र्यो । हितैषीको घरको मुल गेटबाट बहिर निस्क्यो । मुलगेट बाहिरबाट हितैषीको घरतिर फर्केर हेर्यो । हितैषी त घरको दुई तला माथिबाट थोरै पर्दा खोलेर ऊ फर्क्यो कि फर्केन भनेर उसैलाई चिहाइरहेको पो थियो । बल्ल उसले कुरा बुझ्यो ।

……………………………………………..

ऊ ‘फ्लासब्याक’मा गयो । बीस वर्ष अगाडि ऊ सरकारी ओहोदाको माथिल्लो तहमा थियो । जुन हितैषीलाई आज ऊ भेट्न आएको थियो, त्यसलाई उसले बीस वर्ष अगाडि जुठा भाँडा सफा गर्ने काम गर्दै गरेको अवस्थामा भेटेको थियो ।

एक साँझ कुनै पार्टी प्यालेसमा पार्टी चलिरहेको थियो । पार्टीमा खाना खाएका जुठा प्लेट एक नवजवान टिप्दै थियो । त्यो नवजवानको आँखा ऊसँग जुधे । कता कता नवजवानप्रति उसको दया जाग्यो । उसले नवजवानको नाम सोध्यो, ठाउँ सोध्यो, अवस्था सोध्यो । त्यो नवजवानले आफूले पढ्न चाहेको तर मौका नपाएको बतायो । उसले नै त्यो नवजवानलाई आफ्नो ठेगाना दियो । भोलिपल्ट भेट्न बोलायो । कुनै आफूले चिनेको प्राइभेट कम्पनीमा जागिर लगाइदियो । कम्पनीमा काम गर्दै नवजवान पढ्दै गयो र अनुभव पनि हासिल गर्दै गयो ।

जवान ठिटो महत्वाकांक्षी थियो । कालान्तरमा आफ्नै व्यवसाय सुरु गर्यो । व्यवसाय सुरु गर्नेबेलामा समेत जवान ठिटोले उसैसँग केही पैसा सापटी लियो । पन्ध्र वर्षको अन्तरालमा नै त्यो जवान ठिटो देशको ठूलो उद्योगति भयो । यता ऊ भने सरकारी जागिरबाट अवकाश भयो । जवानबाट जति ठूलो परिपक्व उद्योगपति मान्छे हुँदै गयो । उतिउति त्यो उद्योगपतिसँगका उसका सम्बन्धहरु भने टाढिँदै गए ।

वाह ! सम्बन्धहरु । उसलाई सम्बन्धप्रती व्यंग गर्न मन लाग्यो । उसले आफैँलाई प्रश्न गर्यो । सम्बन्ध के हो ? सम्बन्ध कोसँग हुन्छ ? सम्बन्ध किन हुन्छ ? सम्बन्ध कोहीसँग केही लिनु छ भने हुन्छ, तर दिनु छ भने हुँदैन । सम्बन्ध पदसँग हुन्छ, सम्बन्ध शक्तिसँग हुन्छ, तर सम्बध मान्छेसँग हुँदैन ।

सम्बन्ध मतलबका लागि हुन्छ, सम्बन्ध स्वार्थका लागि हुन्छ । कहिलेकाहिँ सम्बन्ध बाध्यताले पनि हुन्छ र कहिलेकाहिँ रहरले पनि बन्छ । कहिलेकाहिँ सम्बन्ध परिस्थितिले हुन्छ, तर त्यस्तो सम्बन्ध मनस्थितिबाट हुँदैन ।

पतिले पत्नीलाई माया गर्छ मेरो घरव्यवहार चलाइदिन्छिन् भनेर । पत्नीले पतिलाई माया गर्छिन् पतिबाट आफूलाई संरक्षण मिल्छ भनेर । एक साथीले अर्को साथीसँग सम्बन्ध राख्छ केही सहयोगको अपेक्षा गरेर । कार्यालयमा हाकिमले सहयोगीलाई माया गर्छ आफ्नो सेवा गर्यो भनेर । समाजसेवी गरिव दुखीको सेवा गर्छ आफ्नो नाम समाजसेवीको रूपमा कहलिएला भनेर । कार्यालय सहयोगीले पनि हाकिमलाई माया गर्छ आफ्नो उन्नति प्रगतिको साधक बनिदेला भनेर ।

पतिपत्नी, घनिष्ट साथीसाथी र कार्यालयका कर्मचारीहरु बीच सम्बन्धमा स्वार्थ कहाँ छैन ?

भनिन्छ – आमा सन्तानलाई सबैभन्दा बढी माया गर्छिन्, योभन्दा निश्वार्थ सम्बन्ध अन्यत्र पाइँदैन । तर उनी आफूले कोखबाट जन्माएको सन्तानलाई जति माया गर्छिन्, त्यति नै माया अरुले जन्माएको सन्तानलाई किन गर्दिनन् । त्यसैले आमा आफ्नो सन्तानलाई होइन, आफ्नो कोखलाई माया गर्छिन् । बाबुले छोरालाई माया गर्छ, आफ्नो वंश धानिदियो भनेर । छोराछोरीले बाबुआमालाई माया गर्छन्, आफूलाई जन्माए, बढाए, पढाए भनेर । त्यसैले सम्बन्ध आफ्नोआफ्नोबीच पनि हुन्छ, तर निरपेक्ष मान्छेसँग मान्छेको सम्बन्ध हुँदैन ।

के यी सम्बन्धहरु पवित्र छन् ? के कतै स्वार्थ विनाका पनि सम्बन्ध हुन्छन् ? अहँ ! उसले उत्तर पाएन ।

लेखक परिचय
डटप
डा. टीकाराम पोखरेल
प्रतिक्रिया
Loading...