– अरुण नदी खत्री
कोरोना भाइरस अर्थात् कोभिङ–१९ को माहामारी फैलिन थालेपछि स्कुलमा पढ्दै गरेको माधवले भगवानको मूर्तिमा पनि ढोग्न छाड्यो । घर नजिकैको भगवानको दर्शन गर्न जाँदा सधैँ ढोग्ने माधवले एक मिटर परैबाट नमस्कार गरेको देखेपछि उसको छिमेकी घरको मेनुकाकी आमाले, ‘माधव आज तिमीले भगवानको मूर्तिलाई किन नढोगेर नमस्कार ग¥यौ नि ?’ भनिन् ।
उसले ‘थाहा छैन आमा हजुरलाई ? कोरोना भाइरस अर्थात् कोभिङ–१९ को माहामारी फैलिन थालेपछि हामी सबैले नमस्कार गरौं, हात मिलाउन छाडौँ भनेर रेडियोबाट सन्देश सूचना बजिरहन्छ नि’, भन्यो ।
‘ए हो त नि, मैले त भुसुक्क बिर्सेको । अबदेखि हामी सबै एक मिटरको दूरीमा बसौँ, एकले अर्कोसँग हात मिलाउने नगरौं, नमस्कार गरौँ, भनिरहेको छ नि माधव ।’, मेनुकाकी आमाले भनिन् ।
‘थाहा छ आमा ? अबदेखि दशैँमा मलाई मेरो बुबा, आमा, दाजु र दिदीहरुले निधारमा टिका र जमरा लगाइदिनु हुँदा म नमस्कार गर्छु, ढोग्दिनँ’, माधवले भन्यो ।
‘त्यसो भए माधव, जमरा र टिका पनि तिम्रो निधारमा लगाइदिनु भएन नि ? एक मिटर परै राखिदिनुपर्ने भयो नि, हैन ?’ मेनुकाकी आमाको कुराले माधव ट्वाँ खायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

