• छि: छि: !
यत्रो सुन्दर परिवार भताभुङ्ग पारेर किन पारपाचुके सोच्नु हुन्छ ? [ वकिलको प्रश्न ]
• ….. भो छाड्नुस यी सम्पूर्ण प्रश्नहरु । किन मलाई जबरजस्ती रोक्न खोज्नु हुन्छ ? [ ऊ प्रतिप्रश्न गर्छे ]
• म तपाईंकै हितका लागि भनिरहेको छु – म्याडम ।
तपाईंको यो सोच । -“समस्याको समाधान होइन, बरु समस्याको सुरुवात हो ।”
– हैन, तपाईंसँग के छैन ?
– घर …!
– गाडी…!
– सम्पत्ति..!
– तामाका मुनाजस्ता छोराछोरी …! अरु के चाहियो ? बस् सबैथोक हुँदाहुँदै पनि………? [वकिल लामो सुस्केरा तानेर भन्छ ।] तपाईंले पारपाचुके नै गर्नुपर्ने त्यस्तो कुनै कारण छ र ?
• यो सम्पूर्ण पुरुष समाजको अभिव्यक्ति हो । -“वकिल’साव ! यो सम्पूर्ण सोचाइ पुरुषप्रधान समाजले प्रतिबिम्बित गरेको प्रतिबिम्ब मात्रै हो ।महाशय ! एकफेर तपाईं नारी भएर सोच्नुस त ……!”
• नारी धन,दौलत, घर, गाडी …..! भन्दामाथि प्रकृतिको अनुपम सौन्दर्य हो भन्ने तपाईलाई थाहा छैन ?”
• वकिल निरुत्तरित भयो । निक्कैबेर अवाक् रह्यो ।
-…… सन्नाटा !
– ….. सन्नाटा !
-…… सन्नाटा !
• निकैबेरपछि [वकिलको फुस्रो ओठ पुनः फुसफुसायो ] – “म्याडम तपाईंको आशय त बुझिएन नि ! म आफ्नो पेशागत मर्यादाभन्दामाथि उठेर तपाईंहरुको सम्बन्ध भत्किनबाट रोक्न खोजिरहेको छु ”
• उसका श्रीमानले खुइय गर्दै गहिरो सुस्केरा छोडे ।
• श्रीमतीले पनि स्वरमा गहन उछ्वास काड्दै भनिन् – “प्रकृतिका अनेकानेक आयामहरु हुन्छन् । जो पुरुष चेतनाबाट हत्तपत्त बुझिदैन वकिल’साव । कागज अगाडि बढाउनुस् ।”
***
• निक्कै लामो सन्नाटापछि ……..! वकिलले पारपाचुकेको कागज आगाडि बढाए ।
• पुनः सन्नाटा जारी रह्यो ।
सन्नाटा ….!
सन्नाटा ……..!
भीषण सन्नाटा …….!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।