जुवाको खालमा खेलाडीहरूबिच निकै प्रतिस्पर्धा चलिरहेको थियो ।
“भो भो धेरै नखोक् । सदाझैँ दाउ त मेरै लाग्छ, बुझिस् ।” दक्षिणतर्फ विराजमान खेलाडीले आफ्नो पत्ती हेरेर मुस्कुराउँदै भन्यो ।
“सधैँ तेरो मात्र दाउ लाग्छ भन्ने छ ? यसपालि त तँलाई नगुल्टाई छोड्दिनँ ।” उत्तरतर्फ बसेको खेलाडीले प्रण लियो ।
“मेरो हातमा जोकर छ, जसको सहायताले म कायापलट पारिदिन्छु । तँ त हेरेको हेऱ्यै हुन्छस्, अहिले तेरो खैरियत छैन ।” दक्षिणको खेलाडीले पुनः च्यालेन्ज गऱ्यो ।
“तैँले आफ्नो अनुकूलका जोकर तान्न सधैँ सफल भएर मात्र तेरो एक छत्र हैकम चलेको हो तर यसपालि मेरो हातमा पनि दरो जोकर हात परेको छ, बुझिस् ।” उत्तरको खेलाडी ढुक्क देखियो ।
खेल हेर्न तल्लीन वरपरका दर्शकहरूले कहिले कसको त कहिले कसको हुटिङ गर्नमै व्यस्त थिए । पश्चिमतर्फको खेलाडीलाई ती दुवै खेलाडीको चर्तिकला देखेर खपिनसक्नुभयो ।
“तिमीहरू सबै जना चुप लाग । यसपटक त तिमीहरू सबैको तालु सुकाइदिन्छु । दाउ त मेरै हातमा छ नि, खालि जोकरको सिक्वेन्स नमिलेर पो त ।” पश्चिमतर्फको खेलाडी गर्जियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।