‘अहँ, हुँदैन ’

‘हुँदै हुँदैन ’

उसले उसको प्रस्ताव पटकपटक अस्वीकार गरिरह्यो ।

देखेर म आश्चर्यमा परें ।

विनोद नेपाल

‘त्यस्तो मिल्ने साथी,के भयो,किन यसो गरिरहेको छ ? के कुरा मिलेन यिनीहरूको हँ ?’ – म सोचाइमा परें ।

सोधें –‘के भयो ? किन यसरी अड्डी लिइरहेको ? हुन्छ भन्दिए भैगो नि ’

‘तपाई पनि नचाहिने कुरा नगर्नुस् है,भएको सम्बन्ध पनि बिग्रेला ’ –उसले रिसाउँदै भन्यो ।
‘कुरो के हो ? पहिले कुरा त प्रस्ट्याउ तिमीहरू ’ –मैले रिसाउँदै सोाधें ।

‘के हुनु नि अरु ’ –उसले भन्यो –‘भागबण्डा । ’ ‘कम गाह्रो हुन्छ कुरा लुकाउन ’ –थप्यो –‘यसले आज पनि छिमेकमा चोरी गरेर आएको छ बुझ्नुभयो ?