“बुवा ! हजुरलाई नास्ता ल्याइदिएँ ! लिनु ल !” ससुराका अगाडी बिहानको चिया खाजा राखिदिएर बुहारी भान्छातिरै छिरी ।
यता बुढा भने सुनेको नसुन्यै, घरी घडी, घरी पत्रिका त घरी बाटोतिर चियाउँदै असन्तुलित बसाइ बसिरहे ।
“हैन, बुवाले देख्नु भएन कि क्या हो ? बुवा ! नास्ता लिनु भएन ? माखा भन्किसक्यो त !” बाहिर निस्केपछि बुहारीले फेरि ससुरोलाई सम्झाइ । तर बुढाले खाजातिर पटक्कै ध्यान दिएनन् ।
‘आफूलाई भने भ्याइ नभ्याइ छ । खानेले पस्केर देको नि खा’होइन ।’ भुतभुताउँदै आएर बुहारीले सासूलाई सोधी–
“किन हो र मुआँ, बुवाले हिँजो साँझ नि भान्छा गर्नु भएन । अहिले पनि नास्ता जस्ताको तस्तै, छुँदै नछोइ बस्नु भा’छ त । रिसाउनु भा’ हो कि ? कि विसन्चो भा’हो ? तिथि–श्राद्ध पनि प¥या छैन । यत्रा वर्ष भो म आएकी, कहिल्यै उपवास बस्ने गर्नु भएको पनि था’छैन । किन हो र मुआँ बुवाले नखाइ नखाइ बस्नु भएको ?”
“आ …, किन हुन्थ्यो नाइँ !? आज टोलबाट पिकनिक खान जाने रे क्या ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।