बिहानै टाेलमा हल्लाखल्ला मच्चियाे । अरूकाा लागि तनमन धन खर्चेर लागिपर्ने समाजसेवी राधेश्यामकाे हत्या भएकाे खबर हावाकाे गतिझैँ फैलिन समय लागेन ।
प्रहरी आयाे, टाेल छिमेक, शुभचिन्तक तथा आफन्तहरू क्षणभरमा नै जम्मा भए । यस्ताे भगवान्जस्ताे मान्छेकाे हत्या कसले गर्न सक्छ ? किन गर्यो हाेला हत्या ? सबैकाे मनमा यस्तै प्रश्न खेलिरहे ।
प्रहरीकाे लामाे अनुसन्धानले हत्यारा उनकै दाजु घनश्याम भएकाे पुष्टि गर्यो । आफूभन्दा पछि जन्मिएर पनि हरेक कुरामा आफूभन्दा सधैँ अगाडि भएकाे, समाजमा उसकाे नाम सधैँ अगाडि आएकाे र पैसा पनि उसैले धेरै कमाएकाामा भित्रभित्रै जलेर एकाघरमा बस्दै आएका आफ्नै भाइलाई बुहारी माइत गएर काेठामा एक्लै सुतेकाे माैका छाेपेर हत्या गरेका थिए ।
हरेक काममा अनेक बहाना बनाउँदै पछि हट्ने अल्छी घनश्यामकाे क्षणिक आरिस र आवेगले राधेश्यामकाे त ज्यान गयाे नै घनश्यामकाे पनि जीवन जेलकाे चिसाे हावा खाँदै बित्याे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।