ऊ, एक्लै , त्यत्तिकै खाटमा पल्टिरहेको छ । घरमा अरू कोही छैनन् ।
*
तत्क्षण फोन बज्दछ । ऊ सुस्तरी खाटबाट ओर्लन्छ । र, फोन उठाउँछ ।
– हेलो !
– हेलो ! राम होइन ?
– हो , तपाईं को ?
– म …. तेरो बाबु , चिनिनस् ?
– अहँ , चिनिनँ ।
– …………।
फोन राखिदिन्छ ।
*
ऊ पुनः खाटमा आएर पल्टिन्छ । झकझकाउँछ । निदाउन खोज्छ ।
*
फेरि फोन बज्नथाल्छ । ऊ उठ्दैन । फोन बजिरहन्छ ।
*
ऊ केही समय पल्टिरहन्छ । आँखा चिम्लिरहन्छ ।
*
आँखा खोल्दा सामुन्ने उसको दिवंगत बाबु हाँसेर उभिरहेको देख्छ । ऊ झस्किन्छ । डरले काम्छ । चिच्याउन खोज्छ । सक्दैन ।
*
हठात् उठेर चिच्याउँछ । वास्तवमा ऊ निद्राबाट बिउँझेको मात्र हुन्छ ।
*
ऊ सपनामा थियो त्यतिखेर ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला