“रुचाइएकी म र नरुचाइएका उनी”, कुरै-कुरामा उनले भनेका थिए (उनी अर्थात् मित्र), ‘हामी यथार्थमा रमाउँछौँ साहित्यप्रेमी कल्पनामा’।

बिनु भट्टराई

सटायर गज्जब लाग्यो।

सोही बात प्रसङ्ग सान्दर्भिक भएकाले निक्कै बहस चल्यो । निष्कर्ष म आफैँले निकालेकी थिएँ ।

हिँड्ने बाटो फरक भए पनि आखिर पुग्ने भनेको मिसनसम्म हो । त्योभन्दा अगाडि न कल्पनामा रमाउने पुग्छ, न यथार्थ भोग्ने !

जो जसरी सन्तुष्टि प्राप्त गर्छ उस्को निम्ति त्यही उपयुक्त हुन्छ । सन्तोष नै सबैभन्दा बलियो पक्ष हो।

फेरि भनेँ, “कमसे कम एकपटक समर्पण गरेर त हेर, जिउनुको मजा अनि थाहा हुन्छ !”

रुचाइएकी ‘म’लाई नरुचाइएका ‘उनले’ फोर्स गरिरहेका थिए, जस्तो कि म बेमज्जामै बाँचिरहेछु !

हुन त नदीको धार आफ्नै पाटोमा बहन्छ । फोर्स रुपी बाँधले विपरीत धारमा बहाउन सम्भब नै थिएन । र पनि, प्रेम-प्रेम नै हो।

नरुचाइएका उनीप्रति रुचाइएकी मको कुनै पक्षमा आकर्षण नभए पनि उनको प्रेमलाई सम्मान दिरहेकै थिए । हेर्दाहेर्दै उनको प्रेम ईर्ष्यातिर लम्कियो, मको सम्मान मौनतिर…!

प्रेम आफैँमा पूर्ण शब्द हो । तसर्थ यस विषयमा बोल्नु मुर्खता हो।

प्रेमलाई उकेरा के लाउनु छ र ? यदि सच्चा छ भने बिना थाँक्रो पनि झ्याँङ्गिन्छ, एकतर्फी होस् या दुई तर्फी । यसरी अर्थ्याउन कहिले चाहिनँ र कहिलेकाहीँ नचाहेको कुरा गर्नुको झन् छुट्टै मजा हुने रहेछ।

प्रेम दुईतर्फी नभएका कारण (अझ भनुँ आकर्षण सफल नभएकै कारण) रिसले चुर हुँदै हराएका उनी फेरि सामाजिक सञ्जालमार्फत जोडिए ।

-के छ प्रिया खबर?

-गज्जब ! तपाईं जिन्दा हुनुहुन्छ ? प्रति प्रश्न गरें।

-अझै उस्तै छौ है?

-लुगा हुँ र बदलिनलाई?

-हो त है……..!

आदत परिवर्तन गर्न सकिन्छ, स्वभाव बद्लन कहाँ सकिँदोरहेछ र ? प्रेम गर्छु भन्नेलाई पनि दुई वचन मीठो बोलिदिन किन जान्दिन म ? खैर ! चलिरहन्छ जो जस्तो जे भए पनि ।

“न आनेका गम न जानेका खुशी” भने जस्तै म किन तट्स्थ भएँ थाहा छैन तर उनी भित्रको इगो समाप्त भएकै रहेनछ क्यार ! वर्षौंपछि उनले आफ्नी छोरीको तस्बिर पठाए तर अफसोस आज पनि मेरो छोराले तस्बिर खिच्नै मानेन….!

बिनु भट्टराई
काठमाडौँ