एक दिन गाउँको चौतारोमा दुईजना चिरपरिचित व्यक्तिहरू भेट भए । जेठ महिनाको गर्मीमा ढुङ्गाले चिठेको चौतारीको वरपीपलको शीतल छायाँमा बसेर गफ गर्नुको रमाइलो ज्यादै रोचक थियो । करिब चार महिनापछि भेट भएका उनीहरू धेरै समयसम्म गफ गरेर बस्नथाले । एकजनाको लामो गफ सुनिसकेपछि अर्कोले आप्mनो रोचक गफ सुरु गरे ।

जिन्दगी भन्नेकुरा पनि बडो गजबको हुँदो रहेछ । कुनै समय कस्तो रमाइलो हुने तर कुनै समय ज्यादै पट्यारलाग्दो हुँदोरहेछ । हजुरको श्रीमती र म भेट नभएको धेरै समय भएको थियो । काम विशेषले टाढा जानुपर्दा कहिलेकाहीं फोनमा गफ भए पनि भेट्ने समय मिलेको थिएन । हजुरको श्रीमतीको माइतमा धेरै जरुरी काम परेको रहेछ । त्यसैले उनी केही समयको लागि उतै साइत गरिछन् । म आप्mनै कार्यालय र घरको काममा व्यस्त थिएँ । हजुरको श्रीमतीले माइतबाट फोन गरेपछि हामी कहिले कहाँ भेट्ने भन्नेकुरा निधो भयो । हामी तोकिएको समयमा सुन्दर बगैंचामा भेट भयौं ।

हजुरको श्रीमती र म भेटभएपछि अलौकिक बगैंचामा एउटा सेल्फी खिच्यौं । धेरै समयपछि खिचेको फोटो ज्या

डा. मुकुन्द पथिक

दै सुन्दर देखियो । हामी एकछिन् हाँसीहाँसी फोटो हेरेको हे-यै भयौं । हजुरको श्रीमतीको मीठो मुस्कानले मेरा सबै दुःखहरूलाई बिर्साइदिए । भित्री मनदेखि नै मेरो प्रेमले घोलिएको हाँसो सुनेर यौवनले धपक्क बलेकी हजुरको श्रीमती लाज मान्दै लजाएर मसँग नजिकिएर बस्नथालिन् ।

हामी दुवैजना भरखरका युवक र युवतीझैँ एकअर्काप्रति ज्यादै आकर्षित भयौं । हामीले निर्धक्कसँग लाजैनमानी मायाप्रीतिका कुरा पनि ग¥यौं । हजुरको श्रीमतीले माइतबाट मीठामीठा खानेकुरा पनि ल्याएकी रहिछन् । हामीले एकअर्कालाई खानेकुरा खुवाउँदै स्वाद लिएर खायौं । जुठो खुवाउनु र जुठो खानुको मज्जा पनि बडो गजबको हुँदोरहेछ । हामी एकअर्काप्रति मोहित भएर कतिखेर प्रेमको आलिङ्गनमा बेरिएछौं भन्नेकुरा पत्तै भएन । कसको समर्पण पहिला भएको थियो भन्नेकुरा हामीले थाहै पाएनछौं । हाम्रो शरीरबाट सबै लुगाहरू भुइँमा झरेको कुरा पनि हामीलाई पत्तो भएन ।
यौवनले भरिपूर्ण मेरो शारीरिक संरचनालाई हजुरको श्रीमतीले मनलगाएर चारैतिर धेरैसमयसम्म अध्ययन गरिन् । उनको मनमा कत्तिपनि लाज, सर्म र हिनताबोध देखिएन । शारीरिक संरचनालाई जतिसुकै समय लगाएर अध्ययन गरेपनि उनको इच्छा पुगेकै थिएन । त्यसपछि मेरा आँखा पनि के कम थिए र हजुर ! हजुरको श्रीमतीको सुन्दर, कोमल र जवानीले धपक्कै बलेको मनमोहक रूपको पूर्णरूपले अध्ययन गर्न मेरा आँखा उत्सुकतापूर्वक सलबलाए । घामको मधुरो उज्यालो र पूmलैपूmलको भीडमा जवानीका अवयवहरूलाई निफन्दै, केलाउँदै र मीठो सुवासमा लट्ठ हुँदा समय बितेको पत्तै नहुनेरहेछ ।

प्रकृतिको सुन्दरताले हामी दुवैजनालाई ढपक्क छोपेको थियो । प्रेमको युद्धमा हामी पूर्णरूपले समाहित भएर हराएछौं । प्रेमिल पिङमा हामी मच्चिनसम्म मच्चियौं । दुवैजनाको शरीरबाट खलखली निस्किएको पसिनाबाट हिमाल, पहाड, लहरा र फाँटहरू कतै भिज्न बाँकी नै थिएन । प्रेमको सर्वोच्च शिखर चुम्दाको ऐश्वर्य आनन्दलाई शब्दहरूले समेट्न कहाँ सक्दोरहेछ र हजुर ! चरमसुखको वर्णन गरी साध्य पनि हुँदैन । त्यसपछि एउटा ठूलो गिलासको पानी हजुरको श्रीमती र मैले पालैपालो पिएर सन्तुष्टिको प्यास मेट्यौं ।

उल्लेखित गफ गर्दासम्म त चुप लागेर सुनेका व्यक्ति अकस्मात् रिसले मुर्मुरिनथाले । त्यसपछि उनले न्वारनदेखिको बल झिक्दै गफडीको गालामा रननन्न हुनेगरी थप्पड हाने । गफडी रन्थनिदै तोरीको पूmल देख्नथाले । उनी चौतारोबाट जमिनमा डङ्रङ्ग पछारिए । उनी केहीबेर हलनचल भएर पल्टिरहे । चौतारोको ठूलो ढुङ्गामा पलेटी कसेर बसेका व्यक्तिले मुर्मुरिदै भन्नथाले ‘बल्ल ठिक भयो होइन तँलाई ? अहिले त खुब आनन्द आयो होला नि होइन ?’ केही समयपछि गफडी डर मानेर चौतारोतिर हेर्दै भन्नथाल्यो ‘होइन, हजुरले कुरै नबुझी किन मलाई मज्जाले झापु हान्नुभएको ? ‘हजुरको’ भन्ने त मेरो बोल्दाखेरीको थेगो हो । श्रीमती त मेरै हुन् नि हजुर’ ।