आजभोलि राकेशलाई पान खान मन लाग्न थालेछ । यसलाई लत नै त भन्न मिल्दैन तर पनि यो बाटो आएका बखत ऊ धेरैजसो यहाँ रोकिन मन पराउँछ । कहिले पनि चुरोट र सुर्ती नखाए पनि मिठा पान चाहिँ मन पराउँछ । पान तयार गर्न समय पनि लाग्ने भएको हुनाले पान तयार गरिहेको समयमा पानपसलको शुक्लाजीसँग छोटो मिठो कुराकानी हुँदाहुँदै भर्खर पहाडबाट पढ्न र मिलेसम्म सानोतिनो जागिर खान भनेर काठमाडौँ आएको राकेशले पानपसल, चियापसल तथा सार्वजनिक यातायातका साधनमा हुने सामान्य कुराकानीले पनि देशभित्रको भूगोल, संस्कृति, समाज, चलनचल्ती, बदलिएको परिवेशका बारेमा धेरै नै जानकारी पाइँदो रहेछ भन्ने थाहा पाउन थालेको छ । सर्लाहीको शुक्लाजीसँग उसको गफगाफलामो नै हुन थालेको छ । भन्नलाई पानपसल भने पनि सानो पसलमा धेरै थरी सामानहरू मिलाएर राखिएका छन् । तास, सेम्फु, रेजर, काइँयो, चुरोट, सुर्ती, पानपराग, गुट्का, पुकार, परफ्युम, छाता लगायत धेरै वस्तुहरू देख्छ र मनमनै भन्छ “नभएको त केही छैन ।” कुरै कुराको सिलसिलामा एक दिन उसले सोध्छ, “शुक्लाजी तपाईँको पसल बाहिरबाट हेर्दा मात्र सानो छ तर धेरै थरी समानहरू पाइन्छ त है ? व्यापार त राम्रो छ होला नि?” शुक्लाजीले हल्का मुस्काउँदे भने, “ठिकै छ तराईबाट आएर गुजारा गर्नुपरे

ढाकामोहन बराल

को छ भाइ के गर्ने ।” राकेशलाई शुक्लाको व्यवसायका बारेमा उत्सुकता थपिँदै जान्छ र उसलाई सोध्न मन लाग्छ, “तपाईँको पसलमा सबैभन्दा बढी चल्ने र नाफाहुने वस्तु कुनहो ?” शुल्काजीले एउटा बट्टा देखाउँदै भने, “यहाँ सबै भन्दा बढी चल्ने सामान यो छ । अहिले चल्दैन तर रात परेपछि एकदम मजाले चल्छ मूल्यको मतलब हुँदैन जति भने त्यति पाउँछ । के गर्ने काठमाडौँको ठाउँमा परिवार पाल्नुपऱ्यो, घरभाडा तिर्नुपऱ्यो ।” राकेशले नजिकै गएर हेऱ्यो, बट्टा परिवार नियोजनको अस्थायी साधनको रहेछ ।

पोखरा ७ मासबार, कास्की