साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

लघुकथा- निःशब्द

Chovar Blues Mobile Size

 

यशोदा गैरे

एउटा गुलाबको फूलमा फुरफुर गर्दै घुमिरहेकी एउटी सुन्दर पुतली घरी यता घरी उता गरी आफ्नो संसारमा बाचिरहेकी थिई, रमाइरहेकी थिई । अचानक एउटा प्रेमीले फूल टप्प टिपेर जान्छ, ऊ निःशब्द हुन्छे । फूलसँगै उसको खुसीको पखेटा पनि तोडिन्छ अनि ऊ निराश हुन्छे ।

प्रेमी फूल टिपेर पछाडि सम्म नफर्की अघि बढ्छ उसलाई हतार थियो आफ्नो प्रेमिकालाई त्यही फूल उपहार दिन । आफ्नो कारणले अरूको जीवन निराश भएकोमा कति पनि अफसोस नमानी प्रेमिकाको पछाडि दौडिन्छ । बगैँचामा अन्य मानिसहरू पनि आउँछन् कोही पात टिप्छन् त कोही हाँगा तान्छन् । आफ्नो स्वार्थका लागि अरूको जीवन पर्वाह नगरी
अगाडि बढछन् । यति ठुलो अपराधको महसुस नगरी ऊ दौडिन्छ एउटा फूलको थुँगा चुड्दा बोटको सुन्दरता नष्ट भएको, फूलको थुँगा ओइलिएको र ती निर्दोष पन्छीको जीवन उजाड भएको । जसको संसार नै त्यही फूलमा अडिएको थियो ।
यसरी अरूको खुसी खोसेर टिपेको फूल उसले प्रेमिकाको हातमा दिन्छ तर अपसोस, उसकी प्रेमिकाले फ्याँकिदिन्छे, कुल्चिदिन्छे, प्रेमी निःशब्द हुन्छ, निराश बन्छ । अन्ततः न फूलको सौन्दर्य रह्यो न पुतली खुसी न प्रेमीको प्रेम ।

बुटवल

प्रतिक्रिया
Loading...