दीपक घिमिरे

के तिमी भरिपूर्ण छौ र ?

म बोल्दिनँ अनि फेरि सोध्छ ऊ ।

आर यु कम्पिल्ट म्यान ।

नो आई एम नट कम्पिल्ट म्यान । म कसरी पूर्ण हुन सक्छु । मेरो जन्म नै दुई अपूर्ण चिजको मिलनबाट भएको हो ।

म आमाको डिम्बाशयमा डिम्ब हुँदा पनि अपूर्ण थिए । बाको वीर्यमा शुक्रकीटमा हुँदा पनि अपूर्ण थिए । पूर्ण त तब न भए जब डिम्ब र शुक्रकीटको मिलन भयो ।

डिम्ब मलाई पृथ्वीजस्तै लाग्छ । भो भन्दिनँ म । डिम्बहरूको सहर कैयौँ मेरा स्त्री साथीहरूको पाठेघर हो ।

के तिमीलाई पाठे घर प्रिय लाग्छ ? ऊ मलाई फेरि सोध्छ ।

म जबाफ दिन्छु । मलाई ब्रह्माण्ड भन्दा कैयौँ गुणा पाठे घर प्रिय लाग्छ ।

उसो भा तिमीलाई स्तनहरू प्रिय लाग्लान् ?

भर्खर रजस्वला भएकी केटिलाई आफ्ना आकार लिँदै गरेका स्तनहरू जति प्रिय लाग्दा हुन त्योभन्दा धेरै कम ।

मलाई स्तनसँग त्यही धेरै आकर्षण छैन । मलाई स्तनको बाटो हुँदै आउने अमृतको आकर्षण ज्यादा छ ।

एउटा कुरा नि के तिमी स्त्रीको शरीरलाई प्रेम गर्छ्यौ?

 

प्रेम शरीरसँग गरिन्न होला हो राजासाब । मलाई प्रेम गर्न नै कहाँ आउँदो हो र । म त दुई अपूर्ण अपूर्ण चिजबाट बनेको मान्छे प्रेमको परिभाषा डिम्ब अनि स्तन बोक्ने देवीझैँ स्त्रीलाई सोधेर आउनुस् न ।

 

रसुवा