रामबहादुरको पसलको ग्राहक हो धने । ऊ ज्याला मजदुरी गर्थ्यो तर ती सबै कमाएको पैसा रामबहादुरकै हुन्थ्यो । जति कमाउँथ्यो त्योभन्दा बढी उसको खर्च हुन्थ्यो । उसलाई पिउने बानी परेको थियो । कहिलेकाहीँ ऊ त्यसैको तालमा खुट्टा लरबराउँदै कोठा पुग्थ्यो । साहुजी रामका लागि धने एउटा पक्का महिनामारीको ग्राहक नै थियो ।
कोभिड १९ को कारणले काम नचले पनि “खाने मुखलाई जुँगाले छेक्दैन” भनेझैँ उसलाई पिउनबाट वञ्चित भएन किनकि ऊ रामेको पुरानो ग्राहक थियो ।

समयसँगै दिनहरू बित्दै जाँदा महिना दिन पुग्यो । धनेको कमाइ भने सुको छैन । लागेको बानी कसरी पो छोड्ने । ऊ चिन्तामा पर्‍यो । अब त साहुजीले पनि दिन्न होला भनेर मनमनै सोच्दै एउटा झिनो आशामा तैपनि एकचोटि जान्छु र भन्छु भन्दै पसलतिर लाग्यो ।

साहुजी .. .नमस्कार भन्दै सबै नालीबेली सुनाएपछि

साहुजीले पुरानो हिसाब बताउँदै खोइ भन्दै थियो । भइहाल्छनी भनेर टार्‍यो ।

साहुजी मक्खै भयो र भन्यो अब के चाहियो ?

उहीँ एउटा धनेले भन्यो ।

(इसारा बुझेपछि ) झिकेर दियो । धने खुसी भयो र साहुजी खातामा है भन्दै बाटो लाग्यो ।

सधैँ आउने मान्छे निकै दिन नआएपछि शङ्का गर्दै साहुजीले उसको साथीहरूलाई सोध्यो ।

साथीहरूले भने ए डुबायो कि के हो साहुजी ? ऊ त यहाँबाट अर्को कम्पनी गइसक्यो ।

यो खबर सुनेर साहुजी निधारमा हातले ठोक्दै थुचुक्क भुईँमा बस्यो र मुरमुरिँदै भन्न लाग्यो थुइक्क .. बेइमानी ।

सङ्खुवासभा हाल मलेसिया