डाेर बहादुर केसी

नेपालमा कोरोना महामारीको तेस्रो लहरको सङ्केतहरू देखा पर्दै थयिो । सरकारले साउन महिनाको तेस्रो हप्ता देशभर मास्क अभियान सञ्चालन हुन थाल्यो ।

ट्राफकि प्रहरीहरूको हातमा “तपाईँको मास्क खोइ ?” लेखएिका प्लेकार्डहरू देखनि थाले ।  विभिन्न सङ्घ, संस्था, क्लबहरू, राजनीतिक दल सबैले आफ्नै तरिकाले मास्क अभियान चलाए ।

सचेतना क्लबले पनि आफ्नो ब्यानरमा एक हजार थान मास्क वितरण गर्ने अभियान थाल्यो ।

क्लबका सदस्यहरू ठिक दस बजे सुन्धारामा जम्मा भए । “मास्क लगाऔँ महामारीबाट बचौँ ।”  “तपाईंको मास्क खोई ?” लेखिएका ब्यानर तथा प्लेकार्डमा हातमा मास्कसमेत लिएका क्लबका अभियन्ताहरूको हुल न्युरोड गेटतर्फ अगाडि बढ्यो ।

सडक किनाराका मानिसहरू गाडी रोकेर समेत उनीहरूलाई हेर्न थाले । क्यामरा, मोवाइल आदिबाट फोटो खिच्नेको भिड नै जम्मा भयो । टेम्पो तथा माइक्रो स्टान्डका धेरै यातायात मजदुरलाई मास्क पनि वितरण भयो ।

क्लबले आयोजना गरेको कार्यक्रम भव्यरूपमा सफल भएको भन्दै सबै जना खुसी भए । दिनभरको मास्क अभियानपछि सबै जना घरमा फर्के । आज दिनभर भएको मास्क अभियानको सामाजिक सञ्चालमा पोस्ट गर्न सबै हतार गर्दै थिए ।

उनीहरूले सामाजिक सञ्जाल खोलेर हेर्दा उनीहरूको अभियान भाइरल बनिसकेको   थियो । सबैको प्रश्न थियो “तिमीहरूको चाहिँ मास्क खै ?”

“तिमीहरूले पालना गरेको सामाजिक दूरी खै ? “

सबै जना लज्जित हुँदै एकले अर्को साथीहरूसँग फोनमा कुरा गर्न थाले ।

आफ्नै भाइरल फोटाहरू हेरे । मास्क अभियन्ताहरूको मास्क  हात र चिउँडोमा  झुन्डिएको  थियो । नाक र मुखचाहिँ  खाली थियो  । त्यो आफ्नै फोटाले आफैँलाई गिज्याइरहेको थियो  ।

 

मदाने २ , हाल काठमाडौँ ।