मित्र ‘उराठी’ गौतम

 

भर्खर भर्खर साहित्यको सिँढीमा वामे सर्दै गरेकी प्रतीक्षा ।कथा, कविता, गीत, गजल, मुक्तक आदि लेख्दै विभिन्न पत्रिका, अनलाइन, साहित्यिक पेजहरूमा सम्प्रेषण गरिरहन्छे । यसै क्रममा आज प्रकाशित रचना उसले आफ्नो फेसबुकमा अपलोड गर्छे । फेसबुके साथीहरूले उसको रचनामा विभिन्न कमेन्टहरू गर्छन् ।
फेसबुकमा उसको रचना पढेकी साथी अपेक्षाले प्रतीक्षासँगको भेटमा भन्छे- “हैन आजको रचनामा त राजनीतिक रङ देखिन्छ नि ?”
“म आफ्नो विचारले विभिन्न सृजना गर्छु, त्यसमा जो कोहीलाई जस्तो रङ पोत्न पनि स्वतन्त्रता छ । जति धेरै रङ पोतिन्छ सृजना झन् रङ्गीन र सुन्दर हुन्छ होला नि ?” – प्रतीक्षाले जबाफ दिन्छे ।
प्रतीक्षाको जबाफले अपेक्षा जिल्ल पर्छे ।

इस्मा-६, अमरपुर- गुल्मी,