प्रकाश खड्का

आखाँभरी आशु टलपलाउँदै हजुरआमाले भन्नुभयो, “अझै पनि, मुटुमा किला गड्छ त्यो अतित् सम्झेर। शरीरको नीलडाम र खाटो बसेकोघाउ देखाउदै तिम्री आमाले भनिथि ; दया माया कत्ति नभएको,मध्यपान गरेर सधै रडाको निकाल्ने, जड्याह लोग्ने पाएर म त् आजितभैसके, आमा !”

बिग्रेको छोरो, लालुलाई सम्झाउनु कता हो कता ? उल्टै बुहारीलाई नजाती, अल्छिना भनेर टोकस्थे।

मैले ढाडस दिदै भनेथे, “ हेर बाबै ! कालो बादल संधै रहदैन, अर्काको घर गरेर खान सजिलो हुँदैन। धैर्य गर्नु पर्छ ।”

अनि के भयो ? सबै कुरा भन्नुस्न। मैले जोड गरेथे।

विभिन्न प्रलोभन देखाएर, दुबई पठाएथे । ठुलो कृषि फार्म खोल्दै छु, सक्छौ भने ऐचो पैचो गरेरनी पैसा पठाउ, आम्दानि भएसी तिरौलाभन्थेरे। होलानी भनेर उसले पैसा पठाउथि । भित्र कान्छी श्रीमती रैछे। सबै सम्पति उसकै नाममा राखेका रहेछन। पछि थाहा पाएर आफ्नोहक लिन जाँदा उल्टै गल्हत्तायेर निकालिदिए।

 

के को गन्थन हो ? हजुरआमा नातिनीको।लौ, नास्ता खाँदै टिभी हेरौ।

आमा! हजुर महान हुनुहुँदोरहेछ। म राम्ररि पढेर वकिल बन्नेछु र हजुरलाई न्याय दिलाउनेछु।तपाई मात्र हैन, हिंशामा परेका जो कोहिनारीको उत्थानका लागि लड्नेछु।के मात्र भनेथे।

“मिनी ट्रकको ठक्करले घाइते भएका लालुको अवस्था चिन्ताजनक। उहालाई कान्छी श्रीमतीले घर बाट निकालिदिएपछि पागल जस्तैसडकमा हिड्नुहुन्थ्यो . . . . ,”  के के भन्दै थियो टिभीले , आमा अकस्मात, चिच्याउनुभयो।

लौननि के भयो यस्तो ! अत्तालिंदै, साथि भेट्नु छ भनेर आमा बेजोडले बाहिर जानुभयो।

भक्तपुर/ हाल वोस्टन