डाेर बहादुर केसी

सुनिता एक गैरसरकारी संस्थामा काम  गर्थिन । उनकाे परिवारमा उनकाे श्रीमान, सासू , ससुरा र एउटा १६ वर्षकाे नविन नाम गरेकाे छाेरा थियोे । उनीहरुले राेमी नाम गरेकाे एक कुकुर पनि पालेका थिए  । राेमीलाई सबैले माया गर्थे तापनि  छाेरा नविनले राेमीलाई विशेष माया गर्दथ्याे ।
सुनिता केहि दिन अघि  काठमाडौंकाे साेल्टी हाेटलमा भएकाे एक कार्यक्रममा सहभागी भईन । कार्यक्रम समापनपछि सहभागी सबैलाई प्याक लन्च बितरण गरियाे । उनले महाहारीकाे बेलामा  घरमै पुगेर लन्च खाने विचारले  प्याकलन्च गाडीमा राखेर घरमै ल्याईन ।
उनकाे घर वाग्मती नदीकाे छेउमा थियाे । भर्खर मुसलधारे पानी परेर राेकिएकाेले  वाग्मती नदीले आफ्नाे वर्षे वैंस निकालेकाे थियाे । उनीहरुकाे  घरकाे छतबाट वाग्मतीको वर्षे वहाव रमणीय देखिन्थ्यो ।  आज उनीहरु घरकाे छतमा बसेर नास्ता खाने तयारीमा जुटे । सुनिताले साेल्टी हाेटलकाे प्याक लन्च  लिएर आएकाे हुनाले आजकाे लन्चमा सबैकाे बेग्लै उत्साह थपियाे ।  सुनिताले लन्च प्याकेट खाेलिन । साेल्टी हाेटलकाे  नन्नभेज मेनु विशेष  र पर्याप्त  थियाे । हेर्दै  सबैकाे मुख रसायाे । सुनिताले घरमा सासू आमाले बनाएकाे नास्ताकाे साथै  प्याकलन्च  पनि सबैलाई  वितरण गरिन । सबै जना खुसीहुँदै आजकाे  लन्चकाे लागि तयारभई  बसे  । राेमी पनि सविनसँगै  टेवुलमूनी बस्याे।
तुरुन्तै सबैकाे नजर सविन तर्फ माेडियाे । ” आहा ! याे त सविनलाई मन पर्छ” । “याे त सानाेबाबु  तिमीलाई खुब मन पर्छ ” भन्दै एक छिनमा हाेटलकाे  सबै खाना  सविनकाे प्लेटमा थुप्रियाे । उनीहरुको प्लेटमा भने  घरमा प्रायः सधै जसाे खाईरहने आलु च्यूरा र अचार मात्र बाँकि थियाे ।
सविन आजकाे  लन्चमा खुबैसँग रमायाे । सबैलाई धन्यवाद पनि दियाे । आफूले खाना नसकेको खाना राेमीलाई दियाे । सविनकाे आजकाे यस खुसीमा परिवारका सबैजना  रमाए ।
सामुन्ने  वगिरहेकाे वाग्मती नदीकाे वहाव देखाउदै   सुनिताकाे सासूले भन्दै थिईन ” हेर !  मान्छेको माया पनि त्याे नदीकाे पानी जस्तै हाे ।”  ” भिरालोतिर आफै स्वाभाविक रुपमा वग्दै जान्छ ।” ” माथि वा अन्यत्र कतै माेड्नु परे विशेष मिहिनेत गर्नै पर्छ।”
नदीमा वगेकाे पानीमा  संसारकाे मायाकाे रित देख्दै उनीहरु आज  साेल्टीकाे  प्याक लन्चमा खुबैसँग  रमाए