दीपाको विवाह ठिक गर्न भनेर आएका विशालका आमा, बाबु, काका, सानीमा, सँगै दीपाकी आमा पनि बसेर वार्तालाप भैरहेको थियो। विशालकी आमाले दीपाकी भाउजूलाई हेर्दै भन्छिन्, “ई नानीचैँ को हो नि ?”
दीपाकी आमाले बुहारी बोल्नै नपाई भनिन्, “इनि मेरी बुहारी हुन, छोराको कुरा त हजुरलाई थाहा छँदैछ होला। त्यो कस्मिरको बिस्फोट भएको बेला श्वहिद भएको, त्योभन्दा तै छ महिना अगाडि उनका बाबु कर्णेल मान सिंहको पनि कुनै दुर्घटनामा मृत्यु भएर आमा पनि नभएको हुनाले आफ्नो एउटै छोरीलाई हाम्रो छोराको हातमा सोम्पिएको रैछ। तर के गर्नु, “विधिको विधान”, ऊ पनि हामीलाई छाडेर गयो र ऊ हामीसँगै छन्। अहिले इनीहरु दोढी नै मेरा छोरी जस्तै भएका छन् ।”
दीपाकी आमाका कुरा सुनेर विशालकी आमाले झर्किदै भन्नुभयो, “हजुर कणल मान सिंहको आफ्नो त कुनै सन्तान थिएनन् । उनीहरूले हामीभन्दा धेरै तलको जात, “जुत्ता सिलाउने” कि छोरी जन्मिनेबित्तिकै आमा बितेको हुनले लिएर कस्मिर गएपछि फेरि कहिल्यै असम फर्केर आएनन् र हामी अब कुराहरू अघि नबढाउँ होला। यस्तो तल्लो जातसँग सम्पर्क भएको घरमा हामी सम्बन्ध लगाउने छैनौँ कुरा चाहिँ यहीँ समाप्त गरौँ ।”
यस्तो कुरा सुनेर दीपाकी भाउजू अर्पिता थरथरी काम्दै रुन थालिन्। दीपाकी आमा रचना हात जोडेर भन्न थालिन्, “हेर्नुहोस्, यसरी बीचैमा हजुरहरू सम्बन्ध कसरी छोड्ने कुरा गर्नुहुन्छ, यसमा हाम्रो केही दोष छैन, हामीले असहाय एउटी छोरीलाई आश्रय दिएको भन्ने सम्झनुहोस् ।”
दीपाले यो सबै हेरिरहन नसकेर भाउजूको छेउमा गएर आमाको हातमा समाएर भन्न थालिन्, “आमा हजुर कस्को अगाडि हात जोडेर बिन्ती गर्दै हुनुहुन्छ। यो उच्च-नीच भेदभाव जस्तो मानसिक रोगले ग्रस्त भएको परिवारमा सम्बन्ध म, आफैँ तोडिदिन्छु, मलाई त्यस्तो उच्च-नीच भन्ने रोगले ग्रस्त भएको परीवारमा गएर जीवनभर स्वास-प्रस्वास लिनसमेत कष्ट भएको हजुरहरू चाहनु हुन्छ ?” विशालकी आमातिर हेर्दै फेरि भनिन्, “हजुर तपाईंको छोराको सम्बन्ध अन्तै गर्न सक्नु हुनेछ, जानुहोस्। मेरो लागि त ठूलो हृदय भएको, विशाल मन भएको परिवार आउनु पर्छ। जहाँ सबै छोरीहरूलाई आफ्नो छोरीजस्तै सोच्ने मानसिकता हुन्छ। म, हजुरलाई अनुरोध गर्दछु हाम्रो घरको वातावरण नष्ट नगरिदिनु होस् । हेर्नुहोस्, विवाहको सम्बन्ध दुवै परिवारलाई एउटै पवित्र डोरीले तीन पुस्तासम्म बाँधेर राख्ने छ, त्यसैले यस्तो पवित्र सम्बन्ध हजुरहरूको जस्तो तथाकथित सभ्य परिवारमा हुन सक्तैन, हजुरहरू जान सक्नु हुन्छ, भेदभाव जस्तो मानसिक रोगले ग्रस्त भएको परिवारमा मलाई विवाह हुनुछैन। आमा मलाई विवाह हुनुछैन।
ओदालगढी, असम, भारत



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ मंसिर २०८२, आईतवार 





