डाेर बहादुर के०सी

म  एक दिन न्युरोडकाे पीपलबाेट परिसरमा टाेलाएर उभिएको थिए । पुस्तक तथा पत्रपत्रिका बेच्ने  एक व्यापारी  पर्खालमा लस्कर मिलाएर पत्रपत्रिका र किताबहरू फिँजाएका  थिए । त्यहाँ दैनिक पत्रपत्रिका लगायत  साहित्य, दर्शन, राजनीतिशास्त्र  आदि सबै क्षेत्रका राम्रा र नाम चलेका पुस्तकहरूसमेत देख्न सकिन्थ्यो ।
करिब साठी वर्ष उमेरका, देख्दैमा निकै भद्र , पठित र  खाइलाग्दा जस्ता  देखिने एक व्याक्ति टक्क पसलअगाडि आएर राेकिए । उनकाे हातमा हाते  कालाे झाेला  थियाे ।  आँखामा चस्मा थियोे  ।
फिँजाएर राखिएका  साहित्य, दर्शन, राजनीतिशास्त्र  आदि सबै क्षेत्रका  पुस्तक तथा पत्रपत्रिकाहरूमा उनले नजर डुलाए । ती व्याक्तिले व्यपारीलाई साेध्थे, “फलानो लेखकले लेखेकाे  फलानो किताब छ भाइ ?” व्यापारीले देखाइदिन्थे  । ” मूल्य साेध्थे ? ” व्यापारीले बताइदिन्थे ।” पुस्तककाे मूल्यमा छुट माग्थे ?  ” उनी झर्काे नमानी भनिदिन्थे ।” याे क्रम  एकछिन चलिरह्याे ।
तर उनले पुस्तक किन्ने छाँट भने देखाएनन् ।  अलमलिने बहानामात्र खाेजेकाे जस्तो प्रस्ट  देखिन्थ्यो । मैले उनकाे गतिविधि नियालेर हेर्दै थिएँ ।
अचानक  उनकाे नजर रङ्गीन तस्बिर भएकाे एउटा पुस्तकमा पऱ्यो । पुस्तककाे जिल्लामा एक जना अर्धनग्न  युवतीकाे फाेटाे छापिएको थियाे । पुस्तककाे नाम टाढैबाट सजिलै पढ्न सकिन्थ्यो, ‘लुकेकाे समाज’ ।
ती भद्र व्याक्तिले आफ्नाे दायाँबायाँ  एक फन्काे उनकाे  नजर घुमाए । पुस्तकमा लेखिएको मूल्य  हेरे र  छिटो-छिटो पुस्तक  झाेलामा राखे । खल्तीबाट पैसा निकाली व्यापारीकाे हातमा राखिदिए अनि मुस्कुराउँदै त्यहाँबाट फटाफट हिँडे ।
पुस्तक व्यापारी  मख्ख पर्दै ती भद्र व्याक्तिलाई पर पुग्दासम्म  एकाेहाेराे  हेरिरहे । लुकेको समाजकाे त्याे एक झिल्का दृश्य  मेरा नजरले  पनि  हेरिरह्याे । मनमा प्रश्नहरूकाे ज्वारभाटा चलिरह्यो ।