परिवर्तन आवश्यक छ । सधैँभरि पुराना प्रचलन र संस्कृतिमा अल्झिएर समाज अगाडि बढ्न सक्दैन । त्यसोभए यो जन्मदेखि मृत्युपर्यन्तका सोह्र संस्कार चाडपर्व, रीतिरिवाज, जात र वर्ण व्यवस्था अनावश्यक हुन् त ? अनावश्यक होइन । सुधार गरेर जानुपर्छ भनेको मात्र हो । सुधारको सुरुवात कसले गर्ने ? सबै अरूकै मुख ताक्छन् । कोही अलि अगाडि बढे परम्परा नासिएको तर्क पेस गर्ने र त्यसैमा ताली बजाउने भिड लाग्छ । राज्यले, समाजका अगुवाहरूले, परिवर्तन चाहनेहरूले , अरू कसले ? यो त भइराखेको छ त । सरकारले कानून बनाएको छ । अगुवाहरूले अभियान चलाएका छन् । समाजसुधारकहरूले व्यवहारमा प्रयोग गरेका छन् । फेरि किन तनाव सृजना हुन्छ, मान्छे किन आन्दोलित हुन्छन्, किन वैरभाव बढ्छ ? जातीय, धार्मिक मोर्चाबन्दी किन अघि सर्छ ? यो सभ्यता हो । सभ्यता बदलिन समय बदलिनुपर्छ । समय बदलिन सबै मान्छे बदलिनुपर्छ । ऊ बोल्दैन किनकि उसले बुझेको छ यो सभ्यता हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।