विनोद दवाडी

एउटा गाउँमा बुबा, आमा र छोरा बस्दथे । उनीहरू एकदमै गरिब थिए तर पनि उनीहरू धेरै मेहनत गर्दथे । उनीहरू
अरूको घरमा र खेतबारीमा काम गरेर आफ्नो परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने गर्दथे । उनीहरू गरिब
भएका हुनाले गाउँलेहरूले उनीहरूलाई हेप्ने र गिज्याउने गर्दथे । त्यही भएर उनीहरू धनी बन्ने सपना बोकेर बाँचेका थिए । छोराको नाम विनोद थियो । ऊ निकै मेहनती र इमानदार थियो । उसले जहिले साहूको घरमा काम गर्न जाँदा साहूको छोराले पढेको देख्छ र सुन्छ । उसले पनि पढेर ठूलो मान्छे बन्ने सपना देखेको हुन्छ । उनीहरूको दिनचर्या
यसरी नै बित्दछ । उसले बिस्तारै पढ्न त्यसैगरी सिक्छ, पढ्छ र पढ्दै गर्दा ऊ जवान भइसकेको हुन्छ ।
एकदिनको कुरा हो उसको एउटा सुन्दर युवतीसँग भेट हुन्छ । युवतीलाई जङ्गली बाघले आक्रमण गर्न लागेको हुन्छ
त्यतिबेला विनोदले त्यो बाघलाई मारेर त्यो युवतीलाई बचाउँछ । त्यसपछि त्यस युवतीको मनमा विनोदका लागि
मायाँ पलाउँछ । ऊ विनोदलाई सधैँ पछ्याउन थाल्छे । ऊ निकै राम्री हुन्छे तर विनोदले उसलाई भाउ दिँदैन किनकि
ऊ गरिब हुन्छ र उसको जिन्दगीमा आएर त्यो युवतीले दुःख पाउँछे भनेर सोच्छ । अब त्यो युवतीले उसलाई धेरै कर
गर्छे र भन्छे, “म तिमीलाई सधैँभरि माया गरेरै राख्नेछु । म तिमीसँग मेरो जिन्दगी बिताउन चाहन्छु ।”

अब विनोद दोधारमा पर्छ । उसले त्यो युवतीलाई सारा उसको कथा बताउँछ । युवती एउटा धनी बाउकी छोरी हुन्छे
। ऊ धनसम्पत्तिबाट वाक्क भएकी हुन्छे किनकि उसलाई थाहा हुन्छ धनसम्पत्तिले मानिसलाई स्वार्थी र बेकारको
घमण्डी बनाउँछ । खाली हात आएका हामी खाली हात जाने हो । उसले यो सारा कुरा विनोदलाई भन्छे । विनोदले
पनि उसलाई सारा उसका गरिबीको कथा बताउँछ । त्यसपछि विनोदले उसलाई भन्छ, “तर यी समाजका मानिसहरू
किन यो कुरा बुझ्दैनन् ? उनीहरूलाई पैसा धनसम्पत्ति जहिल्यै चाहिइरहेको हुन्छ । मर्दा पनि उनीहरू त्यो
धनसम्पत्ति भिरेर लैजाने गर्छन् जस्तो ।

विनोदले यो कुरालाई अन्धविश्वास मान्छ । उसले भन्छ, “केवल दुई छाक खान पाए भइहाल्छ नि । मैले धैरै मेहनत
गरेर पढेँ र आज यो कुराबाट गाउँलेहरूको चेतना वृद्धि गर्नु नै मेरो सपना हो र आज त्यो दिन आएको छ । त्यसैले
हामी दुई जना यो कुराहरू गाउँमा भएका सबै जनालाई गएर बताऔँ ।” उनीहरूले ती कुराहरू गाउँमा भएको सबै
जनालाई भन्छन् तर मानिसहरूले उनीहरूको कुरा स्वीकार गर्दैनन् पहिले तर पछि विनोदले भन्छ, “हामी माटो
खरानीबाट बनेको हौँ र त्यसमै मिल्छौँ । सिद्धार्थ गौतम बुद्धले राजाको पद छोडेर भिक्षु बनेर विद्या प्राप्त गरे । शिव
पनि श्मशानमा गएर बसे र त्यति शक्तिशाली भए पनि उनले न त धनसम्पत्ति थुपारे न त कसैको सहायताको उनलाई
आवश्यकता पऱ्यो ।”

गाउँका सबै जनाले यी कुराहरू बुझे र उनीहरूले अबदेखि कहिल्यै पनि यस्ता घटिया धनसम्पत्तिको घमण्ड नगर्ने
साथै यस विषयमा कसैलाई पनि नहोच्याउने अनि सबै जना अब मिलेर बस्ने वाचा गरे । विनोद र त्यो युवतीले
विवाह गरे र उनीहरूले मिलेर खुसी भएर आफ्नो जिन्दगी बिताउन थाले । एक व‌र्षपछि उनीहरूको छोरी भयो र
उनीहरूले यस्तै सुसंस्कार दिए ।