डोर बहादुर के.सी.

काठमाडौँदेखि सिधै आफ्नो गाउँ सिमदाेभान  बस चढेर जान पाउँदा पुजारी बा निकै खुसी थिए । बटाैलीदेखि दुई हप्तासम्म  हिँडेर नुन तेल गरेर  चलाएकाे जिन्दगी सम्झँदा उनलाई  अहिले सपनाजस्तै लाग्थ्याे ।
पाँच वर्षपछि गाउँ टेकेका उनलाई आज आफ्नै गाउँ बिरानाेजस्तो लाग्याे । गाउँमाथि रहेकाे ठूलो पीपलकाे रूख , शीतल बस्ने चाैपारी ,भैँसी आहाल खेल्ने ठूलो पाेखरी अहिले त्यहाँ थिएनन् । त्यहाँ  अहिले  बसपार्क बनेकाे थियाे ।
पनाहा खाेलाकाे पुरानो  बगरमा अहिले  ठूलो बजार बसेकाे थियोे । गाउँको  नजिकै रहेको रानीवनकाे  बीचबाट अहिले मध्यपहाडी राजमार्ग र ढाेरपाटन सडकहरू बनेका थिए ।
रानीवनकाे छेउमा वनदेउताकाे थान( मन्दिर )  थियाे । पुजारी बा त्यहाँका पुजारी । वनदेउतालाई उनीहरू प्रकृतिको प्रतीक मानेर पूजा गर्थे । रूख काट्दा देउता रिसाउँछन् भन्ने जनविश्वास थियाे । पुजारी बा गाउँ  छाडेपछि देउताकाे थान अलपत्रजस्तै भयाे । गाउँमा विकास भित्रँदै गयाे । गाउँलेहरू वनदेउतालाई पनि भुल्दै गए ।
गाउँकाे विकासले पुजारी बा मख्ख  देखिए पनि वनदेउताकाे संरक्षण नगरेकोमा  भने उनी भित्र भित्र बेचैन थिए । उनी  भन्थे ” वनदेउता यस गाउँका  संरक्षक हुन् ।उनको संरक्षण नभए कुनै बेला अनिष्ट हुन सक्छ ।”  तर पुजारी बाको कुरामा  वास्ता गर्ने कस्ले ?
नभन्दै एकदिन ठूलो  मुसलधारे  पानी पऱ्यो । पनाहा खाेला  लेदाे माटो, ढुङ्गा, बालुवा र रूखसहित उर्लेर आायाे । सिम बजारमा मानिसकाे एकाएक भागाभाग भयाे । बजारका सबै घर खाेलाले बगायाे । सिमबजार आँखाअगाडि पुन: बगरमा परिणत भयाे । पुजारी बा र गाउँलहरूले वनदेउताकाे  आडमा  रहेको ठुलाे ढुङ्गाकाे टुप्पोमा बसेर ज्यान जाेगाए ।
भाेलिपल्ट गाउँमा बैठक बस्याे । सबैले क्षतिको विवरण  टिपाए । करोडौँ रुपैयाँको क्षति भएछ । दिनमा भएकााले मानवीय क्षति भने भएनछ । पुजारी बा कराउँदै थिए ” तिमीहरू विकास हैन विनाश गेरेछाै । वन मास्यौ,  खाेलाकाे बगरमै वस्ती बसायाै, व देउताकाे बेवास्ता गऱ्यौ । वन देउता रिसाएर अनिष्ट भयाे ।” पुजारी बाकाे कुरामा सबैले सहमति जनाए ।   भाेलिका दिनमा यस्ताे गल्ती कहिले  नगर्ने । वन र  वातावरण जाेगाएर मात्र विकासकाे काम गर्ने प्रण गरे । क्षमा पूजा गर्दै वनदेउताकाा सामु सबैले  कसम खाए ।