धर्मानन्दको नामै काफी थियो । धर्मकर्म र समाजसेवा उनको जीवनशैली नै थियो । काठमाडौँका  बासिन्दा मनग्गे घर भाडा आउने भए पनि उनी एक  सरकारी कार्यालयमा करार सेवामा कार्यालय सहयोगीको रूपमा काम  गर्थे ।

धर्मानन्दले  प्रेम चन्द्र नाम गरेको एक जना गरीब विद्यार्थीलाई   घरमा आश्रय दिइरहेका  थिए । उनले  घरको  काममा पनि सहयोग  गर्थे । धर्मानन्दले प्रेम चन्द्रलाई कलेज पढाउनेदेखि सबै सहयोग र आफ्नै सन्तानसरहको  व्यवहार गर्दथे ।

प्रेम चन्द्र  पढाइमा अब्बल थिए । पाँच वर्ष भित्रमै  कलेज टपर बनेर बि.ए. मात्र पास गरेका थिएनन्  सोही वर्ष नै  लोकसेवा पास गरेर  शाखा अधिकृतसमेत भएका थिए ।   प्रेम चन्द्रको पोस्टिङ काठमाडौँबाहिर भएको थियो । काठमाडौँ आउँदा कहिलेकाहीँ उनको घरमा बस्ने गर्थे तर उनको आगमन पा

डोर बहादुर के.सी.

तलिँदै गएको थियो । धर्मानन्द उनको प्रगतिमा धेरै खुसी थिए ।

सबैका सहयोगी र काममा रमाउने धर्मानन्दको करार अवधि थप गर्नमा कुनै समस्या थिएन । उनलाई दर्ता चलानीको पनि जिम्मा दिइएको थियो । उता प्रेमचन्द्र पनि छड्के प्रवेशबाट सिधै  सहसचिवसमेत बनेर  एक दिन आफ्नै  विभागको महानिर्देशक बनेर  आए । आफूले छोरासरह  सहयोग गरेको मान्छे आफ्नै विभागको महानिर्देशको रूपमा स्वागत गर्न पाउँदा उनका खुसीका आँसुसमेत बगे । यस वर्षको  करार अवधि थपका लागि महानिर्देशककोमा उनको फाइल पुगेको थियो । उनले करार अवधि थपका लागि झनै कुनै  चिन्ताको विषय नै  ठानेनन् ।

उता प्रेमचन्द्र भने बेचैन बनेका थिए । धर्मानन्दमार्फत उनको विगत अफिसमा  खुल्छ कि भन्ने उनलाई ठूलो डर थियो । दुई  दिन नबित्दै धर्मानन्दको हातमा  एउटा चिठ्ठी थमाइयो ।  चिठ्ठीको बेहोरा थियो “करार थप नगरिएका बारे ”
धर्मानन्द भने आफ्नो कामबाट  ठूलै  पुरस्कार पाएको महसुस गरी  चुपचाप चिठी बुझेर घरतिर हानिए ।