पत्थरले सोध्यो – ” मलाई कहाँ लाँदैछौ ?”
मनुवाले भन्यो – “मूर्ति बनाउन !”
पत्थरले फेरि सोध्यो – “के को मूर्ति बनाउन ?”
मनुवाले उत्तर दियो – “भगवान्को !”
पत्थर आक्रोशित हुँदै बोल्यो – “ओहो ! मनुवा, तिमी महापाप गर्दैछौ !”
मनुवा आश्चर्यचकित हुँदै एकै सासमा बोल्यो – “के को महापाप, कसरी महापाप ?”
“मनुवा ! तिम्रा पुर्खाले अङ्ग्रेजविरुद्धको लडाइँ जित्न कसको सहयोग लिए ? विभिन्न जनआन्दोलनहरूमा प्रजातन्त्र ल्याउन हतियार बनेर कसले काम गऱ्यो ?
नदिनालाहरूलाई आफ्नै मार्गमा हिँड्न कसले बाध्य बनाउँछ ?
आगाको उत्पत्ति ……….आदित्यादि…. !”
“पत्थर ! भो भो, आफ्नो वाँसुरी आफैँ बजाउन पर्दैन !”
“थाहा हुँदाहुँदै पनि यस्तो सहयोगीलाई किन मूर्ति बनाएर मन्दिरभित्र थन्काउन चाहन्छौ ?” मन्दिरभित्रको पत्थरले पुजारी र समितिका झुन्ड बाहेक कसको सहयोग र भलाइ गरेको छ ?”
“भगवान्को रूप पत्थरमा होइन, मान्छेको आत्ममा हुनुपर्छ ! जो गरिब, दु:खी, पीडित र असहायको बस्तीमा पुगेर मुस्कान छर्न सक्छ । पत्थरलाई आफ्नै संसारमा स्वतन्त्र रहन देऊ, कुनै पनि बेला कुनै पनि काल मनुवाहरूको भलाइका लागि काम लाग्छ !”
पत्थरको दिव्य दर्शनले मनुवा सोचमग्न भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।