बजेट सार्वजनिक हुने दिन आउँदैदेखि आशामुखी कर्मचारीहरू तलब वृद्धि हुने कुरामा आशावादी थिए । सबैलाई खुसी पार्ने प्रयास गर्ने पटकपटकको सरकारी आश्वासनले पनि उनीहरूलाई झनै आशावादी बनाएको थियो ।
बजेट सार्वजनिक हुने दिन कर्मचारीहरू बडो ध्यानपूर्वक बजेट भाषण सुन्न थाले ।
लामो समय बोलिसक्ता पनि तलब भत्ताको कुरो नआउँदा उनीहरू निराश हुन थाले । ‘झुक्याउने भए कि क्याहो रु’ आशङ्का गर्दागर्दै अर्थमन्त्री बोले ‘कर्मचारीको तलब मासिक रु। २००० ले वृद्धि गरिएको छ । ’
सुनेपछि हेराहेर गरिरहेपनि उनीहरू केहीबेर एकअर्कालाई केही भन्न सकेनन् ।
केही क्षणको मौनतापछि एउटाले मुख खोल्यो‚ ‘के गर्ने दुईहजारले रु बजार भाउ यसैपनि अचा
क्ली बढेको छ । त्यसमा पनि तलब वृद्धिको कुरा सुनेपछि व्यापारीले झनै मूल्य बढाउँछन्‚ बरु नबढाएकै भए हुने ।’
उसको कुरामा अरूले सही थापे ।
त्यत्ति नै बेला एउटा कर्मचारी नेता उनीहरूसामु टुप्लुक आइपुग्यो । उसले खुसीले उफ्रँदै भन्यो ‘बधाई छ साथीहो‚ हामीले स्यानिटाइजर‚ मास्क‚ ग्लोभ आदि किन्न भत्ता मागेका थियौँ‚ सरकारले तलब नै बढाइदियो‚ यो अप्ठ्यारो अवस्थामा योभन्दा अरू के चाहियो रु आखिर सरकार कस्को रु’
–पोखराथोक माडी पाल्पा
हाल स् काठमाडौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।