विद्यालयबाट सबैजना वनभोज जाने तयारीको अन्तिम दिन एकाएक मन्दिरा हराएको समाचार प्रधानाध्यापक हरिकृष्णको कानमा पुग्यो । आफ्नी छोरी विद्यालयबाट घर फर्कने क्रममा बाटाबाट हराएको वा विद्यालय समयमा नै हराएको जानकारी केही नभएकाले मन्दिराका परिवारले छोरी खोजिदिने आग्रह गर्दै प्रधानाध्यापक हरिकृष्णमाथि दबाब र विरोध चर्किँदै गएपछि सोही दिन सबैजना खोज्न निस्किन्छन् । मन्दिरा कतै फेला पर्दिन । मन्दिराको नजिकको साथी सुजतालाई निकैबेर फकाइफुलाइ सोधपुछ गर्दा रमेश सरले विवाहका लागि भगाएको जानकारी प्राप्त हुन्छ ।
भोलिपल्ट वनभोज कार्यक्रममा वनभोजको रमाइलो भन्दा पनि रमेश सरले आफ्नै आफूले पढाएको विद्यार्थी भगाएको विषयले खुब हल्ला र मजाक चर्किँदै जान्छ । विद्यार्थीहरूको आपसी हाँसोको फोहोरा छुटिरहेको हुन्छ । कोही छिः! छिः! गरिरहेका हुन्छन् भने कोही अचम्मै मानिरहेका हुन्छन् ।
यो कुरा भने सुजतालाई मन परेको हुँदैन।
साथीहरूमा कोही विचार, विमर्श र केही विद्रोह गर्नतर्फ लाग्छन् । यत्तिकैमा माथिबाट केही खसेको आवाज, छिन्न भिन्न भएको अवस्थाजस्तो देखिन्छ । हावाले तेज मार्ग समातिरहेको हुन्छ । धुलो र सुकेको पात बनाइएका केही परिकारहरूमा मिसिन जान्छ र खान अयोग्य हुन्छ । सबै सुरक्षित स्थानतर्फ लागिसकेका हुन्छन् ।
केहिबेरमा पानी पर्न सुरु हुन्छ । सबै जाडाले काम्न थाल्छन् । वनभोजको रमाइलो र उत्साह कसैमा केही थिएन ।
यत्तिकैमा सुजताको मोबाइलमा घण्टी बज्यो । मन्दिराको फोन रहेछ ।
भोलि नै उनीहरू गाउँ फर्किने कुराले सबैको शरीरमा भने केही तातोपन आएको थियो ।
स्मरण रहोस्, मन्दिरा कक्षा ८ मा पढ्ने छात्रा थिइन् भने रमेश सर नातामा काकाको छोरा थिए ।
लमजुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।