केही दिनदेखि लगातार फोन आउन थालेको थियो । कुनै प्रेयसीले पलपल याद गरेझैँ छिनछिनमा बजेको मोबाइलको घण्टीले मलाई व्यस्त बनाइरहेको थियो ।
टिनिनिनिनी…….. ।
म – “हेल्लो !”  
मोबाइल – “हजुर, नमस्कार !”
म – “नमस्कार ।”
मोबाइल – “तपाईँलाई हार्दिक बधाई छ । नयाँ एल्बम निकाल्नुभएछ । कति राम्रो हो के ? मार्मिक छ । यो देशको चित्रण मौलिक छ । म त तपाईँको ठूलो फ्यान हुँ नि ।”

झन् यो लुट्न सके लुट कान्छा भन्ने गीत निस्केपछि त । मलाई फोनको ओइरो लागेको छ ।  कहिले एसएमएस कहिले फोनबाट बधाईका आवाजहरू आइरहन्छन् । कतिलाई थर्काएँ पनि । अब हार मानेर स्वीकार गर्दै छु ।  
मोबाइल टेबलमा राख्दै थिएँ । फेरि घन्टी बजिहाल्यो । मान्छेहरू सधैँ कति हतारमा काम गर्छन् । राम्ररी सोच विचार नगरी काम नगर्नू नि । म एउटा माध्यमिक स्कुलमा पढाउने शिक्षक न मैले कहिल्यै गीत गाउनू न कहिल्यै कुनै कार्यक्रममा गाउन जानू , व्यर्थैमा !
यो घण्टी पनि उठाएँ । भन्दै थियो, “ मैले एउटा लोक दोहोरी गीत लेखेको छु हेर्दिस्यो न दा

जु । कता हुनुहुन्छ ? भेट्न पाए नि हुन्थ्यो । म यहाँ पोखराबाट ।”

फोन राखेँ । यस्तो किन भएको होला भनेर तपाईँ सोच्दै हुनुहुन्छ होला । आखिर मैले भेटे जतिलाई फोन नं सेभ गर्दा शुभ नाम पशुपति भनेर जताउने गरेको छु । पशुपतिमात्र सेभ गर्नेहरूले नै यसरी फोन गर्दा रहेछन् ।

एउटा चर्चित सेलिब्रेटीसँग नाम मिल्नुको मज्जा तपाईँलाई पूरा त किन बताउने ! आखिर उसको र मेरो मात्र नाम एउटै थियो पशुपति । जय पशुपति ।

 

पोखरा