साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

लघुकथा- ताली

ठुला झन्डा बोकेर एक समूह जम्मा भयो ।

नेतृत्व गर्नेले भन्यो, “भ्रष्टाचारको कुरा छाड्नुस् अलिअलि त पोखिहाल्छ नि यो विकासको लहर हामीले गर्दा आएको हो ।” यसलाई नाटक भन्नेहरू विकास विरोधी हुन् । उनको कुरा सुनेर उपस्थित सबैले ताली बजाए ।

अर्काे समूह सोही ठाउँमा आएर सभा ग‍‌‌‌‌‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ऱ्यो । नेतृत्वकर्ताले चर्काे स्वरमा भने,“मान्छे मारेरै भएपनि सङ्घीयता, स्वतन्त्रतासँगै यो व्यवस्था हामीले ल्याएका हौ । यो बुझ पचाएर कोही नौटङ्की गरिरहेछन् ।” सहभागीले ताली बजाए ।

भाषण गर्ने र ताली लगाउनेको मेला चलिरहेछ वर्षाैदेखि । युद्धमा बेपत्ता बनाइएको छोरा पर्खेर बसेकी बुढी आमा र इँट्टा भट्टामा जिउँदै जलाइएका आफन्त सम्झेर न्यायको याचना गरिरहेका परिवारको पीडा कसले बुझ्ने

गोपाल खनाल

सभा नजिकै रहेको झुपडीमा रहेको बलराम दुःख बोकेर बाहिर निस्कियो । महङ्गी र अभाव भोग्नेको पीडा कसले बुझ्ने ? भिडका पछि लाग्छ यो स्वार्थी दुनियाँ । भ्रम छर्दै मोटाइरहेका भाषण ठोक्ने जालीहरू र तिनकै समर्थनमा बज्ने तालीहरू उस्तै हुन् । जे जता नि चल्ने फोहोरी खेल यो, ताली पिट्नेहरू चेत्दैनन् बलराम बर्बरायो ।

दाङसिङ, नुवाकोट हाल- पोखरा –११

प्रतिक्रिया
Loading...