एक जना बुढाले तन्नेरीतिर फर्किएर भन्यो – “तँ हिजोको मेरो अंश मात्र होस् ।”

तन्नेरी पनि के कम थियो र, बल पनि उसैसँग थियो अनि बैंस पनि । उसले बुढालाई ओठे जवाफ लाउँदै थियो – “तिमी जीर्ण र जरा काया देखाएर ममाथि बलजफ्ती अतिक्रमित हुन नखोज ।”

बुढो बोल्यो – “तन्नेरी हुँ भन्ने दाबीको आधार के छ तेरो ?”

“उमेर,” – तन्नेरी बोल्यो ।

“विचार अनि व्यवहार नि ?”

तन्नेरीका मुखमा बुढाका एक प्रश्नले भोटे ताला ठोकियो ।

बुढो तन्नेरीमाथि हाबी भयो, “तन्नेरी र नयाँ हुन काया मात्र आधार होइन, आधार त विचारको नव प्रवोधन पनि हो कान्छू । तँ ठूलो भ्रममा छस् । भ्रममुक्ति तेरो आजको आवश्यकता हो ।”

बुढाले तन्नेरी हुँ भनी दाबा गर्नेलाई औपचारिकतामा झ्याँकेरै भनिरह्यो – “शुभकामना मेरो हि

जोका अंशका रूपमा तेरो आजको नवआगमनलाई ।”