शनिबार एकाबिहानै म मन्दिरमा पूजा गर्न हिँडिरहेको थिएँ । बाटोका छेउछाउमा विभिन्न थरीका मागेर गुजारा गर्नेहरू कोही खुट्टा नभएका, कोही बोल्न नसक्ने, कोही टुहुरा आदिले केही पैसा, खानेकुरा माग्न मलाई पुकार गरिरहेका थिए । कोही मेरो पाउ नै छोएर अनुनय विनय गरिरहेका थिए । तिनीहरूको त्यत्रो मागमा मेरो ध्यान गएन वा मैले मतलबै गरेन बरु नानाथरी भन्दै हिँडिरहे ।
म सरासर मन्दिरभित्र गएँ ।
प्रत्येक मूर्तिमा पूजा गर्दै क्रमशः १००- १०० रुपैयाँ र फलफूल चढाउँदै गए। पूजा गरिसकेर खुशी हुँदै घर फर्किएँ ।
कञ्चनपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला