विनोद नेपाल

‘अस्ति भर्खर महाकालीमा हाम्फालेर आउने तपाईहरु नै होइन ?’

‘हो, हामी नै हौं, किन र ?’

‘रोक्दारोक्दै त्यसरी आउनुभो अब फेरि किन त उतै ?’

‘महामारीको कुरा गर्नुहुन्छ भने यता र उताको अवस्था उस्तै हो । हैन,अरु कुरा गर्नुहुन्छ भने उता गएपछि कमसेकम गरेर खान त पाइन्छ । आखिर पेट भन्दा ठूलो केही रहेनछ । यहाँ त आश्वासन मात्रै पाइन्छ,आश्वासन मात्रै खाएर बाँच्न सकिंदोरहेनछ । अनि के गर्नु त नगएर ?’