वर्षौंपछि गाउँमा नयाँ बाटो बन्ने तयारी भय‍ो ।

हो, यतिबेला त्यो बाटो मालिकहरूको घरदैलो छोडेर अर्कोतिर लाग्यो ।

बुबा र उनका सयौँ साथीहरूले आफ्नै हातले माटो थिचिथिची ढुङ्गा मिलाएका थिए । ती भित्ताहरूमा हरेक बाबुहरूका दर्द र पसिनाहरू मिसिएका थिए ।

हो, यतिबेला ती दर्द र पसिनाहरूमा स्वामित्वको गन्ध गनाउँदैथ्यो ।

बुबाले उद्घाटन समारोहका भाषणमा भन्नुभयो, “हिजोसम्म, यो धुलो, हामीमाथि उड्थ्यो । अब आजबाट, यो धुलो, हाम्रो खुट्टामुनि चल्छ ।”

भीडमा एकाएक ताली गुञ्जिए ।

यतिबेला छोरी र सखीहरूका आँखामा शिक्षक बन्ने सपना उम्रिएको थियो ।

भाषण सकिनासाथ गाउँलेहरूले एकै स्वरमा भने, “अब हाम्रा किताबहरूमा धुलो होइन,आशा छ ।”

काङ्लातोङ्बी,मणिपुर